काठमाडौं । रोयल इनफिल्ड इन्डियाले आफ्ना बीएस ३ र बीएस ४ इन्जिन भएका मोटरसाइकलकमा इमिशन अपडेट गर्ने ‘रेट्रो फिट’ किट सार्वजनिक गरेको छ ।
कम्पनीले २० प्रतिशत इथानोल मिसाइएको पेट्रोल ई २० इन्धन प्रयोग गर्न मिल्ने रेट्रो फिट किट सार्वजनिक गरेको हो ।
यो रेट्रो फिट किट मुख्यतया कार्बोरेटर युक्त मोटरसाइकलका लागि प्रयोग हुनेछ । जसमा बीएस ६ मा आउनुभन्दा पहिला उत्पादन भएका क्लासिक ३५०, बुलेट ३५० र थन्र्डरवर्ड जस्ता मोटरसाइकल पर्छन् । २०२० पछि आएको सबै मोडलहरू पहिला नै ई २० प्रमाणित भएका छन् ।
ई २० किटमा इथानोल प्रतिरोधि इन्धन प्रणालीका पार्टसहरू फ्युल होस, सिलिङ एलिमेन्टर ओरिङ र अन्य रबर पार्टस हुन्छन् । यस्ता इन्जिनमा इथानोल प्रयोगका कारण हुने क्षतिलाई रोक्न इ २० किटले मद्दत गर्छ ।
बीएस ३ र बीएस ४ का इन्जिनहरू लामो समय इथानोल भएको पेट्रोल प्रयोग गर्दा खराब हुन सक्छन् । त्यसको समाधनका लागि कम्पनीले ई २० किट तयार पारेको जनाएको छ ।
यो किट रोयल इनफिल्डका ३५० सीसी र ५०० सीसीका मोटरसाइकलमा सपोर्ट गर्नेछ । रोयल इनफिल्डका डिलहरूका अनुसार ५०० सीसी भेरियन्टका लागि अलग्गै बन्डल किटको प्रयोग गर्नुपर्नेछ ।
डिलर स्रोतका अुनसार यो किटको मूल्य १ हजार ७०० भारतीय रुपैयाँ हाराहारीमा पर्छ । यसमा लेबर चार्ज अलग्गै लाग्ने डिलरको भनाइ छ ।
ई २० का लागि डिजाइन नभएको यस्ता बाइकमा किटको प्रयोग गर्दा माइलेज भने घट्न सक्नेछ । मोटरसाइकलको अवस्थाले पनि माइलेजमा फरक पर्न सक्ने कम्पनीको भनाइ छ ।

