काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ भेरियन्ट नेपालमा सार्वजनिक भएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले आरटीआर १६० फोर भीको स्पेशल एडिशन सार्वजनिक गरेको हो ।
कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिरहेको महा एक्सचेन्ज महोत्सवमा नयाँ स्पेशल एडिशन अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको हो ।
कम्पनीले अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सको तुलनामा २२ हजार रुपैयाँ कम गरेर नयाँ भर्सन सार्वजनिक गरेको हो ।
हाल नेपालमा विक्री भइरहेको अपाचे आरटीआर १६० फोर भीको टप भेरियन्ट भन्दा सस्तो मूल्यमा यसको स्पेशल एडिशन सार्वजनिक भएको हो ।
कम्पनीले विक्री गर्दै आएको १६० फोर भीको आरटीएफआई मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ सार्वजनिक भएको अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशनको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।
अपाचे आरटीआर १६० फार भीको स्पेशल एडिशन विभिन्न सेग्मेन्ट फ्रष्ट फिचर रहेको छ । यो सेग्मेन्टमा नै पहिलो पटक तीन राइडिङ मोड तथा एड्जष्टेवल ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पाउन सकिन्छ । बाटो र मौसम अनुसार ड्राइभिङ मोड छनोट गर्न सकिन्छ । जसमा अर्बन, स्पोर्ट र रेन मोड दिइएको छ ।
अपाचे आरटीआर १६० फोर भीस्पेशल एडिशन स्पोर्टी बडी डिकल्स र स्पेशल कलर थीममा तयार भएको कम्पनीको भनाइ छ । त्यस्तै यसको एग्जष्टमा सामान्य परिर्वतन भएको छ ।
अपाचे आरटीआर १६० फोर भी आफ्नो सेग्मेन्टको सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले १७।५ पीएस पावर र १४।७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स छ ।

