काठमाडौं । बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हक २०० सीसी डर्ट बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । १९८.३ सीसी इन्जिन रहेको यो वाइकले ७५०० आरपीएममा १२.७ हर्स पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क प्रदान गर्छ ।
उक्त बाइकलाई नेपालको बिभिन्न भूभागमा परिक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ ।
रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ विक्री गर्ने योजनासहित सर्भिस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पुरा भएको कम्पनीका जनरल म्यानेजर विनोद थापाले जानकारी दिए ।
कम्पनीका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने रहेको बताए ।
कम्पनीले यसको नेपाली बजारमा मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

