अब काठमाडौंमा माक्स लगाउनु नपर्ने, कुन-कुन स्थानमा लाग्छ ब्रुमर (रुटसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार रातीबाट ब्रुमर सञ्चालन गर्ने भएको छ । दिउँसो सफा गर्दा धेरै धुलो उड्ने, जामलगायत समस्या हुने भएकाले रातीको समयमा ब्रुमर सञ्चालनमा ल्याउने महानगरको भनाइ छ ।

महानगरपालिकाले हरेक दिन राती ८ घन्टा ५ वटा रुटमा ब्रुमरले धुलो सफा गर्नेछ । रातीको ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमर सञ्चालन गरि काठमाडौं महानगरपालिकालाई माक्स रहित राख्ने काम गरिने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए ।

उनले काठमाडौंको ३ मिटरको गल्लीसम्म ब्रुमर सञ्चालन गरि काठमाडौं सफा गरिने बताए । ठाउँ ठाउँमा सडकहरु विभिन्न कारणले बन्ने क्रममा रहेकोमा त्यसलाई अस्थाइ रुपमा मर्मत गरेर भए पनि ब्रुमरले सफा गर्ने शाक्यले दाबी गरे । 

‘हामीले सडक विभागलाई खाल्टो पुर्दै लान, साइडलेन सफा गर्न र मेलम्चीका कारण भत्तकिएका सडकलाई अस्थाइ रुपमा सिलिङ गरेर भए पनि ब्रुमरले सकेसम्म सबै ठाउँमा सफा गर्ने तयारी गरेका छौँ,’ शाक्यले ब्रुमर उद्घाटनका क्रममा भने ।

उनले ५ वटा ब्रुमर मात्र काठमाडौंका सबै सडक सफा गर्न पर्याप्त नभएकाले थप २ वटा ब्रुमर किन्ने योजना महानगरले बनाएको जानकारी दिए ।

यस्तो छ ब्रुमर संचालन हुने रुट

रुट नं. १ मा टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी, त्यसपछि सोल्टीमोड–टेकु–त्रिपुरेश्वर–सुन्धारा–नयाँ सडक–जुद्ध सालिक–महांकाल–जमल–शितल निवास–शिक्षण अस्पताल–नारायण गोपाल चोकसम्म मुल सडकमा ब्रुमरले सफा गर्ने छ । त्यस्तै जमल–विश्वज्योति–घण्टाघर–भद्रकाली–सहिदगेट हुँदै सुन्धारासम्म सफा गर्ने छ ।

रुट नं. २ मा टेकुबाट त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डला–बबरमहल–बानेश्वर–तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सफा गरिने छ । त्यहाँबाट फर्किएर तीनकुने हुँदै कोटेश्वर–पेप्सिकोला–पेप्सिकोला चोक हुँदै नयाँ बानेश्वर–बरमल–माइतीघर मण्डला–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–बल्खु–कालिमाटीबाट टेकुसम्म सफा गरिने छ ।

रुट नं. ३ मा टेकुबाट त्रिपुरेश्वर–सुन्धाराहुँदै भोटाहिटी–विश्वज्योति–घण्टाघर–भद्रकाली–सिहंदरवारबाट पुतलीसडक तर्फको सडक सफा गरिने छ । पुतलीसडकबाट कमलादी मोड–हात्तीसार–जय नेपाल हल–दरबार मार्ग–कमलादी प्रज्ञाभवन–पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक सफा गरिने छ ।

त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटी तर्फहुँदै केशरमहल चोक–लाजिमपाट तर्फ खानी तथा भुगर्भविभाग अगाडिको चोक–नारायणहिटीको उत्तर गेट–गैरीधारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) – राष्ट्र बैंक– प्रधानमन्त्री निवास (बालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नम्बर ३ कार्यालयसम्मको सडकमा ब्रुमरले सफा गरिने छ ।

त्यहाँबाट फर्किदा शितल निवास–पानी पोखरी हुँदै लैनचौर–स्रोह्रखुट्टे–बालाजु चोक (रिङरोड) – सोह्रखुट्टेबाट विष्णुमती रिङरोड–इन्द्रायणी–नरदेवी पुलदेखि टेकुसम्मको सडकलाई सफा गरिने छ ।

रुट नं. ४ मा टेकुबाट पुतलीसडक–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामंगल–एरपोर्ट गेट–गौशला–चाबहिल–होटल हायात चुचेपाटी हुँदै फर्किदा चावहिल–गौशला–बत्तीशपुतली–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–पदर्शनीमार्ग–सिंहदरवार–माइतीघर मण्डला–थापाथली–त्रिपुरेश्वर हुँदै टेकुमा गएर रोकिने छ ।

रुट नं. ५ मा टेकुबाट त्रिपुरेश्वर–पोष्ट अफिस–न्यरोड गेट–बसन्तपुर–इन्द्रचोक-न्यूरोड-महाङ्काल-जमल-केशवमहलबाट-त्रिदेवीमार्गबाट फेरी ठमेल हुँदै फर्किने छ । फर्किदा ठमेल–दरवारमार्ग–घण्टाघर–भद्रकाली–सिंहदरवार–माइतीघर मण्डला-सिंहदरवारको दक्षिण ढोका हनुमानस्थानबाट थापागाउँ-अन्तराष्ट्रिय सम्मेलन केन्द्रहुँदै पुरानो बानेश्वर तर्फ रत्नराज्य स्कुल–मध्य बानेश्वर–बत्तीसपुतली–मैतीदेवी–डिल्लीबजार–बागबजार–पदर्शनी मार्ग–भद्रकाली–त्रिपुरेश्वर हुँदै टेकु बल्खु कलङ्की–सितापाइला–गोंगबु-नारायण गोपाल चोक-चाबहिल-ज्ञानेश्वर डिल्लिबजार बागबजार–पुरानो बसपार्क–त्रिपुरेशवर हुँदै टेकुमा गएर रोकिने छ । 


Back_to_top