इलेक्ट्रीक कारमा नयाँ खोज सफल, गुड्दा गुड्दै आफै हुन्छ चार्ज

पछिल्लो समय संसारभर इलेक्ट्रीक सवारीप्रतिको आकर्षण बढ्दै गएको छ । विशेषत इलेक्ट्रीक सवारीको क्षेत्रमा युरोपियन मुलुक निक्कै अगाडि पुगिसकेका छन् । यसैबीच, नर्वेमा वायरलेस इलेक्ट्रीक कार चार्जिङ स्टेशन निर्माण भएको छ । नर्वेले ओस्लो सहरमा गुड्दा गुड्दै जार्च हुने पद्धतिको सुरुवात गरेको हो, यसलाई नयाँ सफलताको रुपमा लिइएको छ । 

त्यसकोलागि इन्डक्शन टेक्नोलोजीको चार्जिङ प्लेटको व्यवस्था गरिएको छ । जहाँबाट इलेक्ट्रीक कार चार्ज गर्न सकिन्छ । नर्वे सरकारले सन् २०२३ सम्ममा ट्याक्सीलाई जिरो इमिसन मापदन्ड अनुसार निर्माण गर्ने लक्ष्य लिएको छ । 

नर्वेले सन् २०२५ सम्ममा सबै कार जिरो इमिसन नम्र्सको दायरमा ल्याउने योजना नै अगाडि ल्याएर काम गरिरहेको छ ।

नर्वे सरकारले  प्रदूषण मुक्त सहर निर्माणको लागि विशेष योजना तयार पारेको हो । उसले आफ्नो देशमा मात्रै नभई संसारभर इलेक्ट्रीक कारको प्रयोगलाई बढवा दिने उद्देश्यसहित ट्याक्सीमा समेत छुट दिदै आएको छ । नर्वेमा कुल ३ करोड जनता रहेका छन् । जहाँ २०१८ मा मात्रै ४६ हजार १ सय ४३ इलेक्ट्रीक कार बिक्री भएको थियो ।


Back_to_top