अनौठा फिचरले भरिएको लागोन्डा अल–टेरियन कन्सेप्ट एसयूभी

एस्टन मार्टिनको स्वामित्वमा रहेको लागोन्डा ब्रान्डले २०१८ को जेनेभा मोटर शोमा भिजन कन्सेप्ट सार्वजनिक गरेको थियो । तर यो वर्षको जेनेभा मोटर शोमा लागोन्डाले अल–टेरियन कन्सेप्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको हो ।

नयाँ लागोन्डा कन्सेप्ट अघिल्लो वर्षको कन्सेप्टको तुलनामा केही परिमार्जन गरिएको छ । नयाँ लागोन्डा अन्य इलेक्ट्रीक जस्तै भएपनि निक्कै शक्तिशाली हुने अनुमान गरिएको छ ।

यो कन्सेप्ट कारको इन्टेरियर तथा एक्सटेरियर हाल बजारमा देखिएका एसयूभी भन्दा नितान्त भिन्दै हुनेछ । यसका ढोकाहरु लागोन्डा थीम अनुसार बनाइने छ । 

लागोन्डा कन्सेप्ट एसयूभीमा फ्रन्ट सिट घुमाउन मिल्ने छ जसका कारण पछिल्लो सिटमा बस्नेसँग फेस टू फेस गर्न मिल्छ । लागोन्डा एसयूभीमा थप परिमार्जन समेत हुन सक्ने छ । कम्पनीले यो कार २०२२ सम्ममा बजारमा ल्याइसक्ने जनाएको छ ।

अल इलेक्ट्रीक लक्जरी लागोन्डा एसयूभी उत्पादनका लागि कम्पनीले प्लेटफर्म निर्माण गरि रहेको जनाएको छ । लागोन्डाको कन्सेप्ट अर्को विश्वका लागि तयार भएको कन्सेप्ट कार भएको र यो सफल भएको एस्टन मार्टिन लागोन्डाका प्रमुख तथा ग्रुप सीइओ एन्डी पाल्मरको भनाई छ ।

लागोन्डा एसयूभी जेरो इमिसन मान्यताबाट प्रभावित भएको र भविष्यको बजारमा यस्ता कारको दबदबामा रहने कम्पनीले विश्वस लिएको छ । 


Back_to_top