मारुती सुजुकी एस–प्रेसो भारतमा सार्वजनिक, अटोमेटिकमा पनि उपलब्ध हुने

काठमाडौं । मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित कम मूल्यको माइक्रो एसयूभी एस–प्रेसो भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा ३ लाख ६९ हजारदेखि ४ लाख ९१ हजार भारु एक्सशोरुम मूल्य निर्धारण गरेको छ ।

नेपालको लागि आधिकारीक वितरक सिजी मोटो कर्पले दशैं र तिहारको बीचमा नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको एस–प्रेसोको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ । 

विभिन्न चार भेरियन्ट स्ट्याडर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस भेरियन्टमा सार्वजनिक भएको छ । भीएक्सआई र भीएक्सआई प्लस भेरियन्टमा एएमटी गियरबक्स दिइएको छ । नेपाली बजारमा कुन–कुन भेरियन्टमा आउने छ भन्ने थाहापाउन भने केही दिन कुर्नु पर्ने छ । 

माइक्रो एसयूभीको थिममा निर्माण भएको एस–प्रेसोमा भिटारा ब्रेजामा समेटिएको केही फिचरहरु रहेको छ । एस–प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २३८० एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यो कारको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिएको अनुमान गरिएको छ । कारमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेशोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । ९९८ सीसी क्षमताको उक्त इन्जिनले ६८ बीएच पावर र ९० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानुयल र एएमटी गियरबक्स लगाइएको छ ।

एस–प्रेसोमा एयर कन्डिसनसँगै पावर स्टेयरिंग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ । १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभिएमएस लगायतका विशेषता दिइएको छ । 

सुरक्षाको लागि कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयरब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषता प्रदान गरिएको छ ।  

एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले सर्टिफाई गरेको छ । 


Back_to_top