मारुती सुजुकी एस–प्रेसो ४ भेरियन्टमा सार्वजनिक

काठमाडौं । मारुती सुजुकीको आधिकारिक बितरक सिजी मोटोकर्पले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित मिनि एसयूभी एस–प्रेसो सार्वजनिक गरेको छ । स्टान्डर्ड, एलएक्सआई, भिएक्सआई र भिएक्सआई प्लसगरि चार भेरियन्टमा सार्वजनिक भएको एस–प्रेसो विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ । 

कम्पनीले यसको सुरुवाति स्टायडर्ड भेरियन्टको मूल्य २२ लाख ९९ हजार रहेको छ भने, हाइ भेरियन्ट भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, यसको एलएक्सआई भेरियन्ट २३ लाख ९९ हजार र भिएक्सआई २४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुनेछ ।

के छ त विशेष ?

कम्पनीले अल्टो ८०० भन्दा माथिल्लो सेग्मेन्टमा उतारेको यो कार कम मूल्यको कारण निकै चर्चामा रहेको गाडी हो । सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६७ बीएच पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ । कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।

२७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १४ इन्चको अलोय ह्वील दिइएको छ । डायमेन्सनको कुरा गर्दा, यो मोडलको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेश २३८० एमएम रहेको यो मिनी एसयुभीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । आकर्षक फिचर, लुक्स, मूल्य तथा डिजाइनको एस प्रेशोले राम्रो बजार पाउने कम्पनीको अपेक्षा रहेको छ ।


Back_to_top