सल्मान खानले दिए कैटरीना कैफलाई बिबाहमा ५ करोडको गाडी उपहार

भारतीय चलचित्रका चर्चित नायक सल्मान खानले आफ्ना साथीहरुलाई महंगा महंगा उपहार दिने गरेको समचार सधैँ आइरहन्छ । सल्मानले केही सयमअघि आफ्नो आउादै गरेको चलचित्र दबंग ३ का सहनायक किच्चा सुदिपलाई बीएमडब्लु एमफाइभ गिफ्ट दिएका थिए ।

यसअघि पनि सल्मानले चलचित्र किक्सको नायिका ज्याकलीन फर्नान्डिजलाई अउडीको कार गिफ्ट दिएका थिए । त्यस्तै सल्मानले बडिउड नायिका सोनम कपुरलाई पनि उनको विवाहमा अउडी गिफ्ट गरेका थिए ।

अहिले भने सल्मान खानले आफ्नो पूर्व प्रेमीका कैटरीना कैफलाई दिएको महंगो कार उपहारको चर्चा भएको हो । सल्मानले हालै मात्र बिक्की कौशलसँग विवाह बन्धनमा बाधिएकी पूर्व प्रेमीका कैटरीना कैफलाई विवाहको उपहार स्वरुप वेलायती रेन्जरोभर एसयूभी दिएका छन् ।

लग्जरी कार उत्पादक कम्पनी ल्याण्ड रोभरको उक्त कारको मूल्य ३ करोड भारतीय रुपैँया पर्ने जनाइएको छ । भारतीय ३ करोडको नेपाली मूल्य भने झण्डै ४ करोड ८० लाख नेपाली पर्ने छ । सल्मान खानले कैटरीनालाई यो पहिलो पटक कार उपहार दिएका भने हाइनन् ।

यसअघि पनि सल्मान खानले कैटरीना कैफलाई उनको जन्मदिनको उपहार स्वरुप जागुआरको सेडान कार गिफ्ट दिएका थिए ।


Back_to_top