गुप्ताले जिते बजाजको १० लाख

काठमाडौं । बजाज आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले संचालन गरेको ‘बजाज खुशीको ३ डोज’ अन्तर्गतको विजेता बिट्टु कुमार गुप्ताले जितेका छन् ।

कम्पनीले बडादशैंँ, तिहार र छठको अवसरमा संचालनमा ल्याएको ग्राहकमैत्री योजना अन्तर्गत मोटरसाइकल खरिद गरेका लालबन्दीका गुप्ताले १० लाख रुपैयाँको पुरस्कार जित्न सफल भएका हुन् । उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।

बजाजले हरेक उत्सवमा रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुशी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको थियो ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पाएका थिए । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा १ लाखसम्मको नगद जित्ने अवसर प्राप्त गरेका थिए ।

बम्पर उपहार १० लाख रुपैयाँको राखिएको थियो । १० लाख रुपैयाँ जितेका गुप्ताले उपहार पाएपछि भने, ‘पुरस्कार जित्दा अत्यन्तै खुशी छु । यस्तो योजना संचालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।’

पुरस्कार पाउने ग्राहकलाई बधाई दिदै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘ खुशीका तीन डोजमा सहभागी सम्पूर्ण उपभोक्तालाई हार्दिक धन्यवाद दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौं । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागीताको लागि हामी आभारी छौं ।’


Back_to_top