बीएस ६ इन्जिनमा सुजुकीको चर्चित म्याक्सी स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । सुजुकीले एसेस १२५ पछि अर्को नयाँ स्कुटर बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा बर्गम्यान १२५ को बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।

जापानी मोटरसाइकल निर्माता कम्पनीले सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भीजी सुजुकीले केही समयअघि मात्र एसेस १२५ को बीएस ६ भर्सन सार्वजनिक गरेको थियो । हाल कम्पनीले म्याक्सी स्कुटर बर्गम्यान १२५ लाई बीएस ६ इन्जिनसहित बजारमा ल्याएको छ ।

कम्पनीले यसमा केही परिमार्जन सहित बजारमा ल्याएको जनाएको छ । कम्पनीले यसलाई नयाँ कलर अप्सन, चार्जिङ पोर्ट, अन्डर सिट क्षमता वृद्धि गरेर सार्वजनिक गरेको हो । यसमा २१ लिटर क्षमताको स्टोरेज रहेको छ । यसका साथै यसमा इन्टिग्रेटेड इजी स्र्टाट सिस्टम, फुल डिजिटल क्लस्टर, डबल लगेज हुक जस्ता फिचर रहेको छ ।

त्यसैगरी, यसम एलइडी लाइट्स, डिस्क ब्रेक, स्र्पोटी मफलर कभर, विन्डस्क्रीन जस्ता फिचर उपलब्ध छ । यो स्कुटरमा १२४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यसले ६५७० आरपीएममा ८.७ पीएस पावर तथा ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५।५ लिटरको इन्धन क्षमतको ट्याङक रहेको छ ।

यसको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । बर्गम्यानको बीएस ४ को मूल्य २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको थियो ।


Back_to_top