हुन्डाइ सान्ताक्रुज फ्रोजन लेकमा टेष्ट गर्दै, कहिले आउँदै छ नेपाल ?

कोरियन अटोमोबाइल कम्पनी हुन्डाइले आफ्नो पहिलो ग्लोबल पिकअप ट्रक सान्ता क्रुजको आगामी महिना वर्ल्ड प्रिमियर गर्ने योजना बनाइरहेको छ । हुन्डाइको सक्सेस एसयूभी टुसानको प्ल्याटफर्ममा बनेको सान्ताक्रुजको कन्सेप्ट सन् २०१५ मै डेट्रोइट मोटर शोमा देखाएको थियो ।

सान्ताक्रुजको अहिले फिन्ल्याण्डको फ्रोजन लेकमा टेष्ट गरिरहेको तस्वीर बाहिरिएको छ । अमेरीकाको अलाबामामा रहेको हुन्डाइको एसेम्बली प्लान्टमा निर्माण भएको सान्ताक्रुज पिकअपमा नयाँ टुसानको जस्तै ग्रिल, साइड मिरर तथा सनरुफ रहेको देखिएको छ । कम्पनीले यसलाई फेमेली ट्रकको रुपमा पोजीसनीङ गर्ने बुझिएको छ । यसको क्याबिनमा एसयूभीमा हुने सबै आधुनिक सुविधाहरु राखिएको बुझिएको छ ।

याे पिकअपमा डेट्रोइट मोटर शोमा देखिएको कन्सेप्टभन्दा प्रोडक्सन मोडलमा धेरै परिवर्तन हुने अपेक्षा गरिएको छ । आगामी महिना हुने वर्ल्ड प्रिमियरपछि पनि ग्राहकहरुले यसको खरिदको लागि भने सन् २०२२ सम्म कुर्नुपर्ने हुन्छ । नेपाली बजारमा पनि हुन्डाइ मोटर्सको विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यो पिकअप ल्याउने याेजना बनाइरहेको छ । नेपालमा यो गाडी सन् २०२२ को पहिलो त्रैमाससम्ममा लन्च हुने कम्पनी स्रोतले मेरोअटोलाई बतायाे ।


Back_to_top