काठमाडौं । डीएसएफके ग्लोरी ५६० को २०२१ मोडलको बुकिङ खुल्ला भएको छ । कुजु नेपाल प्रालिले नेपाली बजारमा बिक्री गर्दै आएको डिएफएसके ग्लोरी ५६० एसयूभीको सन् २०२१ मोडलको बुकिङ लिन सुरु गरेको हाे । यो मोडलले एनक्याप रेटिङमा ५ स्टार सेफ्टि रेटिङ पाएको छ ।
भाटभटेनी टंगाल स्थित नयाँ शोरुममा बुकिङ गर्न सकिने ग्लोरी ५६० धेरै आधुनिक फिचरहरुले भरिपूर्ण रहेको छ । नयाँ आउने एसयूभी ५ र ७ सिट भएको म्यानुअल ट्रासमिसन तथा ७ सिटरमा सीभीटी ट्रासमिसनमा उपलब्ध हुने भएको छ । १.५ लीटरको टर्बो चाज्ड इन्जिन भएको यस एसयूभीले १५० पीएस पावर तथा २३० एनएमको टर्क प्रदान गर्नेछ । कम्पनीले ग्लोरी ५६० मा दुइ वर्षको फ्रि सर्भिसिङ हुने जनाएको छ ।
नेपाली बजारमा डीएफएसकेका उत्पादन आएको एक वर्ष पुरा भएको छ । कुजु नेपालले ल्याएको डिएफएसकेको एसयूभी ग्लोरी मोडलले पहिलो वर्ष निकै राम्रो व्यापार गर्न सफल भएको छ । इन्डोनेसियामा उत्पादन भएका डिएफएसकेको उत्पादन ग्लोरी मोडल गत वर्ष ५० यूनिटभन्दा बढी बिक्री भएको कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार ७ सिट क्षमताको ग्लोरी ५६० मा भएका फिचरले ग्राहकलाई आकर्षित गरेको छ । अन्य ब्राण्डका सामान्य फिचर भएका एसयूभी पाउने मूल्यमा डिएफएसकेका फिचर लोडेड एसयूभी पाउने भएकाले ग्राहकले धेरै मनपराएका हुन् ।


