सिबी ३५० भन्दा होन्डा सिबी ३५० आरएस कति फरक

काठमाडौं । होन्डाले ल्याएको नयाँ मोटरसाइकल ‘सिबी ३५० आरएस’ हाइनेस सिबी ३५० मा आधारित रहेको छ । कम्पनीले सिबी ३५० मा थुप्रै परिमार्जन सहित सिबी ३५० आरएस बजारमा ल्याएको हो ।

कम्पनीले ल्याएको नयाँ मोटरसाइकलमा ३४९ सीसीको इन्जिन, हाफ डुप्लेक्स च्याचीस दिएको छ, जुन हाइनेस सिबी ३५० मा पनि दिइएको छ । तर, कम्पनीले नयाँ मोटरसाइकललाई स्क्र्याम्बलर डिजाइन प्रदान गरेको छ ।

सिबी ३५० आरएसलाई कम्पनीले सोलीड र ड्यूलटोन कलर अप्सनमा बजारमा ल्याएको छ । साथै, यसमा पछाडिको टायर निकै मोटो प्रयोग भएको छ । तर, ह्वील साइज भने हाइनेस ३५० भन्दा एक इन्च कम (१७ इन्च) रहेको छ । यसमा पछाडिको टायर १५० एमएम फराकिलो रहेको छ ।

सिबी ३५० आरएसको कुल तौल पनि सिबी ३५० को तुलनामा केहि कम भएको छ । हेडल्याम्प हाउजिङ, फरक किसिमले डिजाइन गरिएको पछाडिको भाग, नयाँ टेल लाइट डिजाइन, एग्जस्टमा क्रोम फिनिसिङ जस्ता विशेषता सिबी ३५० आरएसमा रहेको छ ।

नयाँ मोटरसाइकल सिबी ३५० को तुलनामा चलाउन सहज बनाउन कम्पनीले फुटपेग, ग्राब रेल, ह्याण्डलबार पोजीसनमा परिमार्जन गरेको छ ।

होन्डाले नेपाली बजारमा सिबी ३५० नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । सिबी ३५० नेपाल आउने भएसँगै सिबी ३५० आरएसपनि नेपाल आउने सम्भावना बढेको छ ।


Back_to_top