यस्ता छन् नेपाल आउने क्रममा रहेका नयाँ मोटरसाइकल

काठमाडौं । सन् २०२१ मा विभिन्न कम्पनीले नयाँ मोटरसाइकल नेपाल ल्याउने तयारी गरिरहेका छन् । होन्डा, हिरो, जावा, अप्रिलिया जस्ता कम्पनीले नयाँ मोटरसाइकल छिट्टै नेपाल ल्याउन लागेका हुन् ।

बजाजले सन् २०२१ को सुरुवातमा नै आफ्नो पहिलो २५० सीसी सेग्मेन्टको मोटरसाइकल नेपाल ल्याउको छ । कम्पनीले बजाज डोमिनार २५० नेपाल भित्र्याएको हो ।

होन्डाले हर्नेट २.० र हाइनेस नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ । हिरोले १६० सीसी सेग्मेन्ट कै पहिलो मोटरसाइकल एक्स्ट्रीम १६० आर नेपाल ल्याउने छ । त्यस्तै हिरोले प्यासन प्रो १२५ पनि नेपाली ल्याउने लिष्टमा राखेको मोटरसाइकल हो । हिरोले यी दुबै मोटरसाइकल सन् २०२० बाटै भारतमा विक्री गर्दै आएको छ ।

त्यस्तै हालैमात्र नेपाल आएको यूरोपियन (भारतीय लगानी) कम्पनी जावाले नयाँ मोटरसाइकल २०२१ मा नेपाल ल्याउने घोषणा यसअघि नै गरिसकेको छ । जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले सार्वजनिक जावाको सार्वजनिक कार्यक्रममा नै जावा पेरक नेपाल आउने जानकारी दिएको थियो ।

त्यस्तै इटालियन मोटरसाइकल कम्पनी अप्रिलियाको आधिकारिक वितरक दुगर्ड ग्रुपले नयाँ स्कुटरको बुकिङ लिइरहेको छ । कम्पनीले हालैमात्र भारतीय बजारमा सार्वजनिक भएको नयाँ स्कुटर एसएक्स १६० को नेपालमा बुकिङ लिइरहेको हो । कम्पनीले फेब्रुअरीमा एसएक्स १६० नेपालमा सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top