जापानमा देखियो महिन्द्रा ‘स्कार्पियो एन’

काठमाडौं । महिन्द्राको सर्वाधिक सफल एसयूभी ‘स्पार्पियो एन’ जापानमा भेटिएको छ । यो गाडी जापानमा भएको ओइएमले बेन्चमार्किङका लागि आयात गरेको हुनसक्ने अनुमान गारिएको छ ।

जापानमा देखिएको स्कार्पियो एनमा अगाडिको भाग र पछाडिको भागमा स्टिकर टाँसिएको थियो । यस्तोमा उक्त गाडीबारे विस्तृत विवरण बाहिर आएको छैन । तर, यसमा सिग्नेचर स्लेटेड ग्रिल, ड्यूल ब्यारेल हेडल्याम्प, लोअर मेस ग्रिल, स्किड प्लेट र राउण्डडेड ह्वील आर्चहरू देख्न सकिन्छ ।

यसमा देखिएको रुफ रेल, रियर स्पोइलर, रियर वाइपर, भार्टिकल्ली स्ट्याकड एलईडी लाइट, बायाँतिर राखिएको ह्यान्डलसहितको फ्ल्याट टेलगेट लगायतका केही विशेषताले यो कुनै अरु गाडी नभई स्कर्पियो एन रहेको अनुमान गर्न सकिन्छ ।

स्कर्पियो एनमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा ७ इन्च कलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, एड्रेनोएक्स कनेक्ट विथ अलेक्सा बिल्ट–इन, ड्यूल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, भ्वाइस कमाण्ड, इनबिल्ट नेभिगेसन, वायरलेस चार्जिङ, फ्रन्ट र रियर क्यामेरा, लेदरेड सिट, स्टेयरिङ ह्वील र गियर सिफ्ट लिभर पाउन सकिन्छ ।

यसको सेफ्टी फिचरको रुपमा भने इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ड्राइभर ड्रोजीनेस डिटेक्सन, फ्रन्ट रियर क्यामेरा, फ्रन्ट साइड र कर्टेन एयरब्याग र टायर प्रेसर मनिटरिङ सिस्टम दिइएको छ ।

महिन्द्रा स्कर्पियो एनमा दुई इन्जिन अप्सन उपलब्ध रहेका छन्। यसमा २.० लिटर टर्बो पेट्रोल मोटर र २.२ लिटर डिजेल युनिट अप्सन दिइएको हो । पेट्रोल इन्जिनले अधिकतम २०० हर्सपावर प्रदान गर्छ। यसको टर्क आउटपुट म्यानुअल ट्रान्समिशनमा ३७० एनएम र अटोमेटिक ट्रान्समिशनमा ३८० एनएम रहेको छ ।

त्यसैगरी, यसको डिजेल मोटरले भने १७२ हर्स पावर र १३० हर्सपावर प्रदान गर्छ । यसको टर्क आउटपुट भने म्यानुअल ट्रान्समिशनमा ३७० एनएम र अटोमेटिक ट्रान्समिशनमा ४०० एनएम रहेको छ ।


Back_to_top