काठमाडौं । हुन्डाईको नयाँ ग्राण्ड आई-१० नियोस फेसलिफ्ट मोडल नेपालमा विक्री सुरु भएसँगै यसलाई किन्न चाहनेले आफ्नो बजेट हिसाव गर्ने गरेको पाइन्छ ।
विभिन्न ४ भेरियन्टमा विक्री सुरु भएको फेसलिफ्ट ग्राण्ड आई १० नियोस किन्ने ग्राहकले मासिक २८ हजार रुपैयाँ किस्ता तिर्नेगरी इन्ट्री भेरियन्ट इरा किन्न सक्नेछन् । कम्पनीले यसको मूल्य २९ लाख ९६ हजार रुपेयाँ तोकेर विक्री सुरु गरेको छ ।
सम्पूर्ण मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।
ब्यक्तिले आफ्नो लागि गाडी किन्दा अनिर्वाय रुपमा मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । इरा भेरियन्ट किन्ने मानिसले १४ लाख ९८ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । बाँकी त्यति नै रकम उसले बैंकबाट कर्जा सुविधा पाउने छ ।
अहिले औषतमा १४ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने र उक्त कर्जा ७ वर्षमा भुक्तान गरिसक्ने सर्तमा ग्राण्ड आई-१० नियोसको इरा भेरियन्ट किन्दा २८ हजार ७३ रुपैयाँ मासिक रुपमा बुझाउँदा पुग्छ ।

ग्राण्ड आई १० नियोसको अन्य भेरियन्ट किन्दा त्योभन्दा धेरै मासिक किस्ता तिर्नु पर्ने हुन्छ । कम्पनीले मग्ना भेरियन्टको मूल्य ३५ लाख ५६ हजार, मग्ना एएमटीको ३७ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको ३७ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । सबैभन्दा महंगो मोडल स्पोर्टज् किन्ने ग्राहकले ३५ हजार ६०० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ ।
नेपालमा सर्वाधिक सफल मध्येको एक ह्याचव्याक ग्राण्ड आई-१० को विक्री हिजोबाट मात्रै आधिकारीक रुपमा सुरु भएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारीक रुपमा विक्री वितरण गर्दै आएको ग्राण्ड आई-१० नियोसको फेसलिफ्ट मोडल पहिलेभन्दा थप आकर्षक भएर आएको छ ।
नयाँ ग्राण्ड आई-१० नियोस पनि पहिलेकै १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । यसलाई कम्पनीले बीएस ६ सेकेन्ड फेजमा आधारित इन्जिन दिएर ल्याएको छ ।

