काठमाडौं । बीवाइडीको नयाँ मोडल सील-०६ ले सानो ब्याट्री भएपनि ५४५ किलोमिटरसम्म रेन्ज दिनेछ । कम्पनीका दावी अनुसार ५६.६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।
चिनियाँ सरकारी निकायमा कम्पनीले दर्ता गराएको विवरण अनुसार सील-०६ सेडानमा दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ । यसमा रहेको ४६.८ र ५६.६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्लेड ब्याट्री प्रयोग गरेको हो । कम्पनीका अनुसार यसको सीएलटीसी रेन्ज क्रमस ४७० किलोमिटर र ५४५ किलोमिटर रहनेछ ।
बीवाइडीले यसमा ११० किलोवाट र १६० किलोवाटको दुई मोटर अप्सन दिएको छ । प्योर इलेक्ट्रीक मिडसाइज सेडान सिल-०६ को लम्बाइ ४७२० एमएम, चौडाइ १८८० एमएम, उचाइ १४९५ एमएम र २८२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
ओसियन सिरिज अन्तर्गत बनेको सील-०६ ईभीमा क्लोज फ्रन्ट ग्रिल, लोअर ट्रापेजोडियल ग्रिल, सार्प हेडलाइट, सार्पनोज, सेमी हिडन डोर ह्याण्डल र कनेक्टेड टेललाइट पाउन सकिन्छ ।
बीवाइडीको गड्स आई सी इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम उपलब्ध रहने सील-०६ को फ्रन्ट विण्डसिलमा ३ वटा क्यामरा रहेको छ । थप क्यामराहरु फ्रन्ट फेन्डर र रियर रुफ स्पोइलरमा समेत दिइएको छ ।