महानगरमा सेकेन्ड ह्यान्ड बाइक र कार व्यवसाय गर्न यस्तो छ कर

काठमाडौं । काठमाडौं महानगर भित्र रिकन्डिसन मोटरसाइकल र कारको बिक्री केन्द्र खोल्ने योजना बनाउनु भएको छ भने महानगरपालीकालाई मोटो रकम कर बुझाउनु पर्नेछ । 

काठमाडौं महानगरपालिकाले हिजो मंगलबार प्रस्तुत गरेको आर्थिक विधयकमा सो करको विषयमा उल्लेख भएको हो । 

महानगरले रिकन्डिसन हाउस संचालनगरी मोटरसाइकल तथा कारको कारोबार गर्न चाहनेले बार्षिक रुपमा कर बुझाउनु पर्ने छ । जसमा मोटरसाइकलको कारोबार गर्ने कम्पनी वा फर्मले १० हजार रुपैयाँ र कार/जीप/भ्यानको रिकन्डीसन व्यापार गर्नेले २५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्नेछ । 

अहिले उपत्यकामा संचालनमा रहेका रिकन्डीसन मोटरसाइकल तथा कार बिक्रेताले पनि उक्त रकम अनिर्वाय रुपमा बुझाउनु पर्नेछ । 

साथै महानगरले नयाँ मोटसायकल विक्री स्वरुमका र रिकन्डिसन हाउस सञ्चलकलाई वर्षिक २५ हजार रुपैयाँ कर निर्धारण गरेको छ  भने नयाँ विद्युतीय मोटरसाइकल बेच्नेहरुले उत्त रकममा ८० प्रतिशत छुट पाउने छन् । 


Back_to_top