काठमाडौं । विश्वमा स्वचालित अर्थात् अटोनोमस कार बारे निक्कै चर्चा र अध्ययनहरु भइरहेका छन् । साथै, विभिन्न कम्पनीहरुले स्वतालित कारहरु परिक्षण समेत गरिरहेका पनि छन् ।
स्वचालित कार परिक्षण तथा उत्पादनका लागि पिटसवर्ग, फोनिक्स तथा सिलिकन भ्याली हबकै रुपमा विकास भएका छन् । तर ती सहर भन्दा बाहेकका अन्य सहरमा सबै समयमा स्वचालित कार चलाउन सकिन्छ भन्ने विषयमा स्वचालित कार बनाउनेहरु नै अन्यौलमा रहेका छन् ।
उनीहरु नै सबै समयमा सबै सहरमा स्वचालिन कार चलाउन नसकिने बताउँछन् । आसावादी हुने हो भने अवको १० वर्षमा त्यो सम्भव हुने देखिन्छ । अर्को तर्फ त्यसका लागि अझैं दशकौं लाग्ने पनि बताउनेहरु पनि रहेका छन् ।
यता टेस्लाले भने २०२० को जुनसम्ममा पूर्ण स्वचालित कार सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । तर यसलाई टेस्लानै केही समय पर धकेल्ने तयारी गरिरहेको अनुमानसमेत गर्न थालिएको छ ।
हिउँ र मौषम
अत्याधिक हिउँ परेका अवस्थामा स्वचालित कारको क्यामरा ढाकिएमा उक्त कारले आफ्नो लेन लाइन देख्न सक्दैन । यस बारे अनुसन्धानकर्ताहरुले केही बोलेका छैनन् । स्वचालित कारहरु तातो मौषम भएको ठाउँमा मात्र परिक्षण भइरहेका छन् ।
त्यस्तै अन्य मौषमी अवस्था अत्यधिक वर्षा, हुस्सु लाग्दा समेत स्वचालिक कारलाई अप्ठेरो आइपर्ने देखिन्छ । स्वचालित कारमा प्रयोग हुने राडारले मौषमबारे भन्न त सक्छ तर बाटोको अवस्था भन्न सक्दैन । सामान्य मौषम परिवर्तन हुँदा चल्न सकेपनि अत्यधिक हिउँ, वर्षा, हुस्सुमा भने स्वचालित कार कसरी चल्छ भन्ने स्पष्ट भइसकेको छैन ।
फुटपाथ तथा मोडहरु
विश्वभरका देशहरुमा सडक निर्माणको आ–आफ्नै मोडालिटी रहेको छ । लेन निश्चित नगरिएको हुनसक्छ, सडक टिंगिएको हुनसक्छ । यस्तो अवस्थामा स्वचालित कार कसरी चल्न सक्छ । स्वचालित कारहरु यस्तो सहरमा परिक्षण गरिएको छ जहाँ त्यसका लागि चाहिने सबै पूर्वाधार बनेको छ ।
त्यस कारण स्वचालित कार चल्नका लागि सबै सहरमा पूर्वाधार बन्नुपर्छ । यसका लागि सहर तथा स्वचालित कार निर्माताहरुले धेरै मेहनत गर्नुपर्छ ।
ड्राइभर मानिससँग कसरी डिल गर्ने
स्वचालित कारका लागि ठूलो चुनौती रहेको छ । ड्राइभर मानिसहरु ट्राफिक नियम सकेसम्म उल्लंघन गर्न खोज्छन् । ट्राफिक भएको अवस्थामा बाहेक ड्राइभर मानिसले नियम मिचेरै हिँडेको पाइन्छ ।
यस्तो अवस्थमा स्वचालित कारले उनीहरुसँग कसरी डिल गर्न सक्छ ? यो चुनौतिपूर्ण प्रश्न खडा भएको छ । ड्राइभर मानिसहरुले एक अर्कोलाई आँखाको इसाराले समेत आउन वा जान भन्न सक्छन् । तर स्वचालित कारमा त्यो नभएकाले समस्या आउनसक्छ ।
त्यसैले स्वचालिन कार चल्नका लागि अझै धेरै विकासहरु हुन बाँकी रहेको अनुसन्धानमा संलग्नहरुको भनाई छ ।
लेफ्ट टर्न
अगाडीको ट्राफिकमा लेफ्ट टर्न लिने विषयमा ड्राइभर मानिसहरु पनि स्पस्ट हुँदैनन् भने स्वचालित कारका लागि यो झनै चुनौतिको विषय हो । बेलैमा निर्णय लिन सकिएन भने यस्तोमा दुर्घटनाको समेत सम्भावना बढ्छ ।
उपभोक्तको स्वीकार्यता
गत वर्ष फोनिक्स नजिकै एउटा स्वचालित कार दुर्घटनामा परेको थियो । त्यसले स्वचालित कारबारे चासो राख्नेहरुलाई झस्क्याएको छ । उक्त कार दुर्घटनामा परेपछि एउटा अध्ययन भएको थियो । सो अध्ययनले ७१ प्रतिशत मानिसहरुले पूर्ण स्वचालित कारमा यात्रा गर्न डर लाग्ने बताएका थिए ।

