सेरेसको पहिलो ईभी नेपालमा, हेर्नुहोस् ९ तस्बिर

काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसको पहिलो विद्युतीय एसयूभी सेरेस-३ नेपाल आएको छ । कम्पनीले आगामी नाडा अटो शोमा प्रदर्शनी गर्न सेरेस-३ एसयूभी नेपाल ल्याएको हो ।

एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको सेरेस ब्राण्डको पहिलो एसयूभीको प्रतिस्पर्धा एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको ५० किलोवाट आवरको ब्याट्री भएको एड्भान्स भेरियन्टसँग हुने देखिन्छ ।

अहिलेसम्म कम्पनीले यसको मूल्य बाहिर ल्याएको छैन । दुई भेरियन्टमा नेपाल आउने कम्फर्ट भेरियन्टको ४८ लाख र माथिल्लो प्रिमियम भेरियन्टको ५२ लाख हाराहारी रहने अनुमान गरिएको छ ।

एमजी र बीवाइडीको एसयूभीको तुलनामा सेरेस-३ मा ग्राउन्ड क्लियरेन्स भने बढी छ । यसमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

सेरेस-३ मा ९९ किलोवाटको मोटर र ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-३मा आरामदायी डबल कुशन सीट, प्रसस्त हेडरूम र लेगरूम दिएको छ ।

आधुनिक फिचरको साथ आएको सेरेस-३मा इलेक्ट्रीकल्ली एडजस्टेवल सिट, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस रहेको छ ।


Back_to_top