काठमाडौं । भारतीय अटो बजारमा मारुति सुजुकी कम्पनीको सियाज कार सबैभन्दा बढी बिक्री भएको छ । २०१८ को ४ महिनामा मारुती सुजुकीले ५ हजार १ सय १६ कार बिक्री गरेको जानकारी दिएको हो । सेग्मेन्टको दोस्रो नम्बरमा हुन्डाइको भर्ना कार परेको छ ।
कम्पनीले २०१८ को यो अबधिमा ४ हजार ७७ भर्ना कार बिक्री गरेको छ । ३ हजार ३ सय ६६ युनिट्सको साथमा होन्डा सिटी तेस्रो स्थानमा परेको छ । साथै टोयोटाको यारिस चौथौ स्थानमा परेको छ ।
मारुतिले पहिलो महिनामा १ हजार ८ सय ८५ वटा सियाजको बिक्रि गरेको थियो । सियाजमा रहेको एयरबग्स तथा एबीएसको यसको सबैभन्दा उत्कृष्ट विशेषता हो । पेट्रोल तथा डिजेल इन्धनको साथै यस सेडान कारमा पेट्रोल भर्जनमा अटोमेटिक अप्शन दिइएको छ । दोस्रो नम्बरमा रहेको हुन्डाइको भर्नाको वेस्ट वारियन्ट, तथा मुल्य भने सियाजको तुलनामा बढि रहेको छ ।
फ्रेश डिजाइनको साथै लग्जरी फिचर्सको साथै यो कारको इन्जिन अत्याधिक पावरफुल रहेको छ । यसमा पनि पेट्रोल तथा डिजेलको अप्शन दिइएको छ ।
बेस्ट सेल्स सेडान कारको तेस्रो स्थानमा होण्डा सिटी परेको छ । होण्डा र सिटीको मुल्य भर्ना र सियाजको तुलनामा बढि रहेको छ । भारतीय बजारमा टोयोटाको यारिसलाई भने चुनौती थपिएको छ ।

