सिएरा ईभी अलह्वील ड्राइभमा आउने पक्का

काठमाडौं । टाटाले सिएरा ईभीको एक टिजर सार्वजनिक गर्दै ड्राइभिङ सिस्टमका बारेमा जानकारी दिएको छ । कम्पनीले यसमा अल ह्वील ड्राइभको विकल्प दिएर ल्याउने भएको हो ।

टाटाले सिएरा ईभीमा यसअघिको ह्यारीयर ईभीकै जस्तो अगाडि र पछाडि छुट्टाछुट्टै मोटर दिन लागेको हो । यसअघि नै कम्पनीका चिफ कमर्शियल अफिसर विवेक श्रीवास्तवले अल ह्वील ड्राइभ सिस्टम रहने संकेत गरेका थिए ।

टाटा ह्यारीयर ईभीकै ‘एक्टी डट ईभी प्लस’ आर्किटेक्चरमा आधारित रहेर आउन लागेको सिएरा ईभी आगामी जुन ३० तारिखको दीन सार्वजनिक हुँदैछ । त्यही मितिलाई केन्द्रमा राखेर टाटाले धमाधम टिजरहरू बाहिर ल्याइरहेको हो ।

कम्पनीले जारी गरेको नयाँ टिजरमा डायमण्ड कट अलोय ह्वील पनि देखिएको छ । यसको साइज १९ इन्च हुने अनुमान छ । बक्सी डिजाइन, कनेक्टेड एलईडी हेडल्याम्प र टेलल्याम्प दिइएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सिएराको तुलनामा निकै फरक डिजाइनको फ्रन्ट पाउन सकिने सिएरा ईभीमा निकै मोटो बी पिलरको प्रयोग गरिएको छ । यसका अलावा ब्ल्याक-आउट रियर ग्लास डिजाइन पाउन सकिन्छ ।

आधुनिक र मोर्डन टेक फिचरले भरिपूर्ण भएर आउने टाटा सिएरामा तीनवटा स्क्रीन रहने छन् । हेडअप डिस्प्ले, प्यानोरामिक सनरुफ, पावर्ड र भेन्टिलेटेड सिट, प्रिमियम अडियो सिस्टम रहने नयाँ ईभीमा थुप्रै ड्राइभिङ मोड उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top