सिप्रदी र पठाओ बीच ट्याक्सी सेवामा सहकार्य

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र पठाओ नेपाल प्रालि बीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस-टी ट्याक्सी निःशुल्क रुपमा पठाओमा दर्ता गर्ने विषयमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार आगामी साउन मसान्तसम्म एक्सप्रेस-टी ट्याक्सी खरिद गर्ने चालकहरुले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन् ।

पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै विद्युतीय गाडीहरु रहेका छन् । यो सहकार्यले एक्सप्रेस-टी ट्याक्सी ग्राहकहरुले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्नेछन् ।

सिप्रदीले विगत दुई वर्षदेखि टाटाको एक्सप्रेस-टीलाई ट्याक्सीको रुपमा बिक्री गर्दै आएको छ । त्यस्तै पठाओ नेपालमा सबैभन्दा ठूलो राइड सेयरिङ प्लेटफर्म हो । यी दुई बीचको सहकार्यले ट्याक्सी सेवामा पनि सहजता आउने अनुमान गरिएको छ ।


Back_to_top