२०२४ मा नेपाल आउन सक्छन् दुई चर्चित यूरोपियन ब्राण्डका ईभी

काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेन र चेक ब्राण्ड स्कोडाले सन् २०२४ मा ईभी नेपाल ल्याउन सक्ने देखिएको छ । यी दुबै ब्राण्डले भारतीय बजारको लागि ईभी ल्याउने योजना सार्वजनिक गरेका छन् ।

स्कोडा र फक्सवागेन दुबै ब्राण्डले भारतमा बिक्री गर्दै आएका अधिकांश मोडल नेपालमा पनि उपलब्ध गराएका छन् । त्यसलाई आधार मान्दा पनि २०२४ मा विद्युतीय कारहरु नेपाल आउने अनुमान गर्न सकिन्छ ।

यी दुबै ब्राण्डले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ईभी ल्याउन लागेका हुन् । सम्भवत स्कोडाको इलेक्ट्रीक एसयूभी इन्याक आईभी र फक्सवागेनको आईडी–४ जीटीएक्स नेपाल आउन सक्ने मोडल हुन् । यी दुबै मोडल भारतमा पनि बिक्री सुरु हुँदैछ ।

फक्सवागेन ग्रुपको मोडुलर एमईभी इलेक्ट्रीक आर्किटेक्चरमा बनेका यी दुबै ईभीहरु अन्तर्राष्ट्रिय बजारमा राम्रै संख्यामा बिक्री हुँदै आएका छन् ।

यी दुबै ईभी कहिलेसम्म आउने छन् भन्ने एकिन भने जानकारी प्राप्त भएको छैन । नेपालमा बढ्दो ईभीको माग सम्बोधन गर्न स्कोडा र फक्सवागेनका डिलरले अघिल्लो वर्षदेखि नै ईभी ल्याउन कोशिस गरिरहेका छन् ।


Back_to_top