काठमाडौं । फक्सवागेन ग्रुप अन्तर्गतको युरोपियन ब्राण्ड स्कोडाले नयाँ इलेक्ट्रीक एसयूभीको सडक परीक्षण सुरु गरेको छ । स्पाई फोटोहरुमा देखिए अनुसार नयाँ एसयूभी स्कोडा एलरक भएको बताइन्छ ।
स्कोडाले आफ्नो चर्चित मोडल कारोकको सक्सेसरको रुपमा गत वर्ष घोषणा भएको थियो । युरोपियन सडकमा परीक्षण भइरहेको एसयूभीमा स्प्लीट हेडलाइट युनीट, फुल इनक्लोज ग्रील, भर्टिकल एयर कर्टेन, वाइड लोअर इनटेकका साथै थुप्रै मेटालीक एसेन्ट्सहरु देख्न सकिन्छ ।
यसमा ठूलो साइजको ह्वीलआर्क, आकर्षक विण्डस्कृन, प्रमिनेन्ट बडी लाइन दिएको देख्न सकिन्छ । यसको रियरमा मिनीमलीस्ट बम्पर, एङ्गुलर टेललाइट, प्रमिनेन्ट स्पोइलर प्रयोग भएको छ ।
स्पाई सटमा इन्टेरियरको विवरण नदेखिपनि ठूलो साइजको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेको देखिन्छ । करिब ४५०० एमएम लम्बाई रहने अनुमान गरिएको विद्युतीय एसयूभी पर्फेक्ट फेमिली एसयूभी हुनेछ ।

स्कोडाले यसलाई फक्सवागेन ग्रुपको एमईभी प्लेटफर्ममा बनाएकाले धेरै कम्पोनेन्टहरु अन्य ईभी मोडलसँग सेयर हुनेछन् । यसमा ६२ किलोवाट आवरको ब्याट्री प्याक र १३२ किलोवाटको रियर माउण्टेड मोटर रहने सम्भावना धेरै छ ।

