काठमाडौं । हल्का अफरोड क्षमता भएका विद्युतीय एसयूभी खोज्नेको रोजाईमा जीप एभेन्जर पर्न सक्छ । एसयूभी एक्सपर्ट जीपको पहिलो इलेक्ट्रीक भेहिकल एभेन्जर जीपको सबैभन्दा सानो एसयूभी हो ।
सबकम्प्याक्ट सेग्मेन्टमा उपलब्ध बक्सी सेपमा तयार भएको एभेन्जरले यूरोपियन बजारमा निकै राम्रो बिक्री पाउन सफल भएको छ । कम्पनीले ‘ई-सीएमपीटु प्लेटफर्म’मा बनेको एभेन्जरको लम्बाई ४०८४ एमएम, चौडाई १७७६ एमएम, उचाई १५२८ एमएम रहेको छ । साइज अनुसार यसको २५६० एमएम लामो ह्वीलवेस उत्कृष्ट लाग्छ ।
जीपले एभेन्जर एसयूभीमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ । साथै, मड, स्नो र स्याण्ड टेरेन ड्राइभिङ सिस्टम उपलब्ध भएको कारण अफरोड पफर्मेन्स उत्कृष्ट पाउन सकिन्छ ।
डार्क टिन्ट एलइडी हेडलाइट, एक्स सेपको टेललाइट, जीपको सिग्नेचर ७ स्ल्याट ग्रील, १८ इन्चको अलोय ह्वील, व्ल्याक कलरको प्लास्टीक क्लाइडीङ यसको एक्सटेरियरमा पाउन सकिन्छ ।
बडी कलरकै ड्यासबोर्ड भएको जीप एभेन्जरमा मोर्डन डिजिटल ककपिट छ । यसमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर तथा १०.२५ इन्चकै टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
चालकको सहजताको लागि यसमा फिजिकल बटन तथा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कार प्ले रहेको छ । यो एसयूभीमा कारको क्याविनमै ३४ लिटरको स्टोरेज स्पेश दिएको छ । सुरक्षाका लागि एडास सिस्टम समेत दिएको यो ईभीलाई जस्तोसुकै बाटोमा पनि ढुक्क साथ चलाउन सकिन्छ ।

सिंगल मोटर कन्फिगरेसनमा उपलब्ध एभेन्जर एसयूभीमा ११५ किलोवाटको मोटर रहेको छ । यसको पीकटर्क भने २६० न्यूटन मिटर छ । जीप एभेन्जरमा ५४ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ ।
जीप एभेन्जरलाई ११ किलोवाटको एसी चार्जरले चार्ज गर्दा ५.५ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले अधिकतम १०० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले जम्मा २४ मिनेटमै २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
जीपका उत्पादन नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएका छन् । यस्तोमा बढ्दो ईभीको चाहना अनुसार एमएडब्लू लाइफले एभेन्जर ईभी कुनै पनि समयमा नेपाल ल्याउन सक्ने देखिन्छ ।


