काठमाडौं । हालै नेपाली बजारमा सार्वजनिक भएको स्कोडा काइल्याकको नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडकमा सफल परीक्षण गरिएको छ । काइल्याकलाई मनाङ, ढोरपाटन र तीनजुरेको कठिन सडकमा गुडाएर परीक्षण गरिएको हो ।
यी क्षेत्रहरू ठाडो उकालो-ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरू बीच कठिन मार्गका रूपमा चिनिन्छन्। काइल्याकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयूभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेको छ।
उच्च हिमाली भेगका यस्ता धेरै सडकहरू यात्रा सुरू गर्नुअघि नै चुनौतीपूर्ण मानिन्छन्। लामो उकालो, खुकुलो सतह र अनिश्चित सडक अवस्थाका कारण धेरै सवारीसाधन सहज रूपमा गन्तव्यसम्म पुग्न संघर्ष गर्छन्। कहिलेकाहीँ चालकहरूलाई बीच बाटोमै फर्किनु पर्ने वा वैकल्पिक यातायात रोज्नुपर्ने अवस्था पनि आउँछ।
तर स्कोडा नेपालले गरेको परीक्षणमा काइल्याकले बलियो पावर डेलिभरी र भरपर्दो ट्र्याक्सनका कारण कठिन उकालोहरू स्थिर र विश्वसनीय तरिकाले पार गरेको देखायो । जुन अन्यका लागि सहज हुँदैन।
यी सडकहरूको चुनौती केवल भौतिक मात्र होइन, भावनात्मक पनि हो। मनाङमा उचाइ बढ्दै जाँदा हिमालको शान्त वातावरण बीच प्रत्येक स्थिर उकालो चढाइले आत्मविश्वास दिलाएको थियो। ढोरपाटनका चिसा र एकान्त सडकमा बिना संघर्ष सहज रूपमा इन्जिन स्टार्ट हुनु आफैंमा सान्त्वनाको अनुभूति थियो। कुहिरोले ढाकिएको तीनजुरेमा अगाडिको बाटो धमिलो हुँदा पनि स्थिर नियन्त्रणले हिचकिचाहटलाई आत्मविश्वासमा रूपान्तरण गर्यो।

यी सबै परीक्षणहरूले काइल्याक नेपालको विविधतायुक्त सडक वातावरणका लागि उपयुक्त रहेको पुष्टि गर्दछ। स्कोडाको युरोपेली इन्जिनियरिङ आधारमा निर्मित यस एसयुभीले स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र अचानक बदलिने सडक अवस्थामा समेत निरन्तर प्रदर्शन प्रदान गर्दछ। यसले काइल्याक केवल सहरका लागि मात्र होइन, नेपालको पहाड र राजमार्गका लागि पनि तयार गरिएको एसयूभी भएको सन्देश दिन्छ।
यस क्षमतामा ठूलो योगदान काइल्याकको अटोमेटिक ट्रान्समिसन विकल्पको छ। विशेषगरी काइल्याकको अटोमेटिक भेरियन्टमा प्रयोग गरिएको ‘रियल अटोमेटिक’ भनिने टर्क कन्भर्टर प्रणाली स्मुथनेस, टिकाउपन र विश्वसनीयताका लागि परिचित छ। बिना झट्का सहज रूपमा गियर परिवर्तन हुने भएकाले यसले सहरको ट्राफिकमा आरामदायी अनुभव दिन्छ । राजमार्ग र ठाडो उकालोमा पनि स्थिर एक्सेलेरेशन र आत्मविश्वासी प्रदर्शन सुनिश्चित गर्दछ।
स्कोडको काइल्याकमा फक्सवागेन ग्रुपले उत्पादन गरेको थ्री सिलिण्डर १.० टीएसआई टर्बो पेट्रोल इन्जिन दिएको छ । कुशक एसयूभीमा पनि प्रयोग भएको उक्त इन्जिनले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसको ६ स्पीडको अटोमेटिक र म्यानुअल गियरबक्स छ । स्कोडाको काइल्याकले मात्र १०.५ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।
‘पावर फर द पिक्स’ ट्यागलाइन सहित प्रस्तुत स्कोडा काइल्याक नेपालको अनिश्चित र चुनौतीपूर्ण सडककै लागि तयार अटोमेटिक एसयूभी भन्दा फरक पर्दैन । आराम, नियन्त्रण र विश्वसनीयता एउटै प्याकेजमा खोज्ने चालकका लागि काइल्याक एउटा उत्कृष्ट विकल्प हो ।


