काठमाडौं । पाँच वर्ष पहिले भारतमा बिक्रीहुने हरेक दुई कारमा एउटा डिजेल कार हुन्थ्यो । अहिले त्यो संख्या बदलिएर ४ वटा कार बिक्री हुँदा त्यहाँ एउटा मात्र डिजेल कार बिक्री हुने गरेको तथ्यांकले देखाएको छ ।
उसो त डिजेल कारको बिक्रीमा गिरावट सेडान र कम्प्याक्ट कारमा मात्र आएको होइन, एसयुभीमा समेत बिक्री अत्यन्त न्यून रहेको छ । त्यसको ठिक उल्टो पेट्रोलबाट चल्ने एसयुभी गाडीको बिक्री भने ५ गुणाले बढेको छ ।
एसआइएएमले सार्वजनिक गरेको तथ्यांक अनुसार २०१२/१३ मा कुल कार बिक्रीमा डिजेल कारको हिस्सा ४७ प्रतिशत रहेको थियो जबकी २०१७/१८ मा आइपुग्दा यो घटेर २३ प्रतिशतमा सिमित भएको छ ।
सन् २०१२/१३ मा पेट्रोल इन्जिन युक्त एसयुभीको बिक्री हिस्सा ३ प्रतिशत थियो भने २०१७/१८ मा आइपुग्दा बढेर १६ प्रतिशत पुगेको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले जनाएको छ ।
मुख्यत डिजेल र पेट्रोलको मूल्यबीचको अन्तर कम हुनुले डिजेलकार बिक्री घटेको मान्नेहरु प्रसस्त भेटिन्छन् । तर, भारतमा डिजेल कारको बिक्री घट्नुमा सरकारी नीति र बाध्यकारी कानुनी प्रावधान मसख्य कारण रहेको छ ।
सन् २०१६ मा दिल्ली–एनसीआरले २ हजार सीसीभन्दा बढी इन्जिन क्षमता भएका डिजेल गाडीमा प्रतिबन्ध लगायो । र त्यस्ता गाडीको आयु दिल्लीका लागि १० वर्षमात्र हुने कानुन बन्यो । जबकी पेट्रोल कार दिल्लीमा १५ वर्षसम्म चलउन पाइन्छ । भारतका अन्य राज्यहरुले पनि प्रदूषण नियन्त्रणका लागि नयाँ नयाँ नियमहरु ल्याउँदै जाँदा मानिसहरु डिजेलबाट पेट्रोल कारमा सिफ्ट हुन थालेका हुन् ।
भारतका कतिपय सहरहरुमा डिजेल ट्याक्सीलाई अनुमति छैन । त्यस्ता सहरमा पेट्रोल वा पेट्रोल÷सीएनजीबाट चल्लने ट्याक्सीमात्र संचालन गर्न पाइन्छ । तुलनात्मक रुपमा डिजेल कार महंगो हुने भएकाले पनि त्यसको मागमा कमी आएको हो ।
एसआइएएमले सार्वजनिक गरेको तथ्यांक अनुसार २०१२/१३ मा कुल कार बिक्रीमा डिजेल कारको हिस्सा ४७ प्रतिशत रहेको थियो जबकी २०१७/१८ मा आइपुग्दा यो घटेर २३ प्रतिशतमा सिमित भएको छ । २०१६/१७ मा भारतमा बिक्री भएका कुल कार मध्ये डिजेर कारको हिस्सा २७ प्रतिशत थियो । त्यस्तै एसयुभी सेगमेन्टमा डिजेलको हिस्सा २०१२/१३ मा ९७ प्रतिशत थियो जबकी गत वर्ष यो ८४ प्रतिशतमा झ¥यो ।
भारतमा पेट्रोल कारको तुलनामा डिजेल कार १ देखि ढेडलाख भारुसम्म महंगो पर्ने गरेको छ । भारतमा प्रदूषण मापदण्ड भारत स्ट्यान्डर्ड–६ (बीएस–६) २०२० मा लागु भएपछि डिजेल कार थप महंगो हुने अनुमान गरिएको छ ।
प्रदूषणको नयाँ मापदण्ड लागु भएसंगै इन्जिन तथा त्यसमा प्रयोग हुने प्रविधि पनि परिमार्जन गर्नु पर्ने भएकाले डिजेल कार महंगो हुने उत्पादकहरुले बताएका छन् ।
सवारी उत्पादकहरुले आफ्नो धेरै बिक्री हुने डिजेल उत्पादन पेट्रोल केन्द्रीत गर्न थालिसकेका छन् । जस्तै टोयोटाले इनोभा र फर्चुनर अब पेट्रोल इन्जिनमा मात्र उत्पादन गर्ने भएको छ । त्यस्तै छिट्टै सार्वजनिक गर्ने तयारी गरेको सेडान यारिस पनि अब पेट्रोल इन्जिनमा मात्रै आउने टोयोटाले जनाएको छ ।
विलाशी कार निर्माता कम्पनी मर्सिडिज, जगुअर ल्याण्ड रोभर, बीएमडब्लू जस्ता कम्पनीले पनि अब आउने उत्पादन पेट्रोल भर्सनमै केन्द्रीत गर्ने तयारी गरेका छन् । जबकी यस्ता कम्पनीले विगतमा पूर्णत डिजेल कार मात्र बनाउँथे ।
अधिकांश सवारी डिजेल इन्जिनबाट चल्ने उत्पादन गर्दै आएको महिन्द्रा एन्ड महिन्द्राले पनि पेट्रोलबाट चल्ने सवारी उत्पादनलाई प्राथमिकता दिन थालेको छ । कम्पनीले केयुभी १०० लाई १२ सय सीसी पेट्रोल इन्जिनसहित बजारमा ल्याएको छ ।
नेपालमा समेत कुनै समयमा निकै मनपराईएको डिजेल कार अहिले खासै बिक्री हुन छाडेको छ । कुनै समयको चर्चित पजेरोको डिजेल कारमा सबैले आँखा लगाउँथे तर, अब डिजेल कारको बिक्री अत्यन्त न्यून रहेको छ ।

