पछिल्लो समय सानो ह्याचब्याक तथा इफिसियन्ट पावरट्रेन विशेषता समेटिएको इन्ट्री–लेभल सेग्मेन्टका कारहरु बजारमा ल्याउने निकै ठुलो प्रतिस्पर्धा चलिरहेको छ ।
भारतीय बजारलाई लक्षित गर्दै सवारीसाधन उत्पादन गर्ने कम्पनीहरुले साना, माइलेज दिने र कम मूल्यका सवारीसाधन कसरी उत्पादन गर्न सकिन्छ भनेर काम गरिरहेका छन् ।
यो लानअपमा रेनोको क्वीडले अटो बजारमा राम्रै कब्जा जमाउँदै आएको छ । त्यसपछि क्रमिकरुपमा कम्पनीहरुले यो लाइनअपलाई अन्य कम्पनीहरुले पछ्याएको देखिन्छ । सन् २०१६ मा सार्वजनिक भएको टाटा टियागोले सोही लाइनअपमा निक्कै सफलता पाइरहेको छ । आगामी दिनमा क्वीडसँग प्रतिस्पर्धा हुने पाँच मोडल सार्वजनिक हुने तयारीमा रहेका छन् ।
अल न्यू–हुन्डाई सेन्ट्रो
हुन्डाई सेन्ट्रो–२०१८ आगामी महिना (अक्टोम्बर) २३ मा सार्वजनिक हुने भएको छ । आई–१० एचए अवधारणामा आधारित सेन्ट्रोमा १.१ लिटर इप्स्लोन पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिन भारतीय इमिसननम्स ‘बीएस–६’ मा आधारित रहेको बताइएको छ । यसले २० किलोमिटर प्रतिलिटर माइलेज दिने अनुमान गरिएको छ ।
सबै भेरियन्टमा सुरक्षालाई विशेष प्राथमिकतामा राखेर एबीएस, ईबीडी, अगाडि दुईवटा एयरब्यागजस्ता फिचर दिइएको छ । यसमा दिइएको सेग्मेन्ट फस्ट फिचरमा रियर एसी–भेन्ट, ५ इञ्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, जसले एन्ड्रोईड अटो र एप्पल कार–प्ले सपोर्ट गर्ने छ ।
न्यू जेनेरेशन मारुती वागेन–आर
दुईदशकको सफलतापश्चात् मारुती सुजुकीले वागेन–आरको नयाँ भर्सन सावर्जनिक गर्ने भएको छ । वागेन–आर जापानमा भने बिक्रीको लागि उपलब्ध भइसकेको छ । भारतमा आउँदै गरेको कारमा टोन्ड–डाउन स्टाइल र लामो बोनेट दिइने अनुमान लगाइएको छ ।

जापानमा रहेको वागेनार–आरमा ६ सय ६० सीसी इञ्जिन रहेको छ भने भारतमा आउने कारमा भने १.० लिटर इन्जिनको हुनेछ । इन्जिन फाइभ–स्पीड म्यानूअल गियरबक्स र एएमटी अटोम्याटिक अप्सनकासाथ आउनेछ । स्रोतकाअनुसार, मारुती सुजुकीले आफ्नो वागेन–आरमा नयाँ हर्टेक–प्लेटफर्मलाई प्रयोग गर्नेछ । यसमा आधुनिक हेड–ल्याम्प्स तथा टेल–ल्याम्प्स दिइएको छ ।
२०१८ ड्याट्सन–गो फेसलिफ्ट

ड्याट्सन–गो फेसलिफ्ट २०१८ मा सार्वजनिक हुने सानो कारको लिस्टमा परेको छ । यसमा न्यू बम्पर, अपडेटेड हेडल्याम्पस, एलईडी डीआएलएस, बोल्डर ग्रिल लगाइएको छ । साथै, सुरक्षालाई मध्यनजर गर्दै एयरब्याग लगाइएको छ भने, स्पीड लिमिट रिम्यान्डर जडान गरिएको छ । यसमा लगाइएको १.२ लिटर इञ्जिनले ७८ पीएस पावर उत्पादन गर्छ । रेनो–क्वीडको कडा प्रतिस्पर्धीको रुपमा यो मोडललाई लिइएको छ ।
मारुती सुजुकी सेलेरियो

रेनो–क्वीडको अर्काे प्रतिस्पर्धी मोडल हो, मारुती सुजुकी सेलेरियो । यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमकासाथै एक्सटेरियर तथा एन्टीरियरमा विभिन्न विशेषता समेटिएको छ । सेलेरियोमा भारतमा निर्माण गरिएको सुरक्षासम्बन्धी नियमलाई अवलम्बन गरिएको कम्पनीले जनाएको छ ।
टाटा टियागो फेसलिफ्ट

गत महिनामात्रै टिगायो ह्याचब्याक झन्डै १० हजार यूनिट बिक्री भएको थियो । रेनो–क्वीडको तुलनामा टाटा टियागो अग्रेसिपरुपमा बिक्री भैरहेको छ । टियागो फेसलिफ्टमा आउने इन्जिन भारतीय इमिसन नम्स ‘बीएस–६’ मा आधारित रहेको बताइएको छ । यसमा १.२ लिटर पेट्रोलकासाथै १.०५ लिटर डिजेल इन्जिनको प्रयोग गरिएको छ । कार फाइभ–स्पीड स्ट्यान्डर्ड ट्रान्समिसनमा उपलब्ध हुने छ ।


