भारतको पहिलो अल इलेक्ट्रीक हाइपर–कार ‘भाजीरानी-शूल’ सार्वजनिक भएको छ ।
भाजीरानी अटोमोटिभद्वारा डिजाइन गरिएको यो मोडललाई फोर्स इन्डिया एफ–१ टीम तथा टायर मेकर कम्पनी मिसिलिनले निर्माण गरेको हो । यसको तौल कम गर्नको लागि कार्बन फाइबरको प्रयोग गरिएको छ ।
कारको चारवटै पाङ्ग्रामा इलेक्ट्रीक मोटरको प्रयोग गरिएको छ जसले उच्च पफर्मेन्स प्रदान गर्छ । यसमा ३०० किलोग्रामको ब्याट्री प्याक लगाइएको छ ।
कारलाई चलाउँदै ब्याट्री चार्ज गर्न सकिने छ । टर्बाइनका लागि इङ्ग्ल्यान्डको कम्पनीको सहयोग लिइएको छ । टर्बाइन इलेक्ट्रीक मोटरलाई सिङ्गल रेशो ट्रान्समिसनसँग जोडिएको छ । कारको अन्य जानकारी भने बाहिर आएको छैन । कम्पनीले शूललाई स्पोर्टस्–कारको जस्तै ह्यान्डलिङ्ग गर्नुपर्ने जनाएको छ ।
यसमा ब्रेकिङ्ग सिस्टम ‘के ब्रेम्बो’को प्रयोग गरिएको छ । चार्जको लागि रि–जेनेरेटिभ प्रविधिको प्रयोग गरिएको, कारलाई क्लानिफोर्नियामा डिजाइन गरिएको हो ।


