यी हुन् नेपालमा पाइने स्मार्ट कनेक्ट फिचर भएका मोटरसाइकल र स्कुटर (मूल्यसहित)

सांकेतिक तस्विर

काठमाडौं । मोटरसाइकल तथा स्कुटरमा नयाँ-नयाँ टेक्नोलोजीको विकास भइरहेका छन् । पछिल्लो समय हरेक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनीहरुले प्रविधिको खोज र प्रयोग बढाउँदै लगेका छन् । त्यस्तोमा चालकलाई सजिलो बनाउन मोटरसाइकल तथा स्कुटरहरुमा स्मार्ट फिचरहरु दिने चलन बढ्दो छ ।

पछिल्लो समय नेपाली बजारमा समेत स्मार्ट फिचर भएका मोटरसाइकल तथा स्कुटर विक्री सुरु भएका छन् । नेपालमा अहिले टीभीएस र हिरोले आफ्ना केहि मोडलका मोटरसाइकल तथा स्कुटरमा स्मार्ट कनेक्ट फिचर उपलब्ध गराएका छन् । साथै, अप्रिलियाले चाँडै नेपाल ल्याउन लागेको स्कुटरमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध हुने जनाएको छ ।

अहिले विक्री भइरहेका टीभीएस आरआर ३१०, आरटीआर २०० फोर भी, आरटीआर १६० फोर भी र एनटर्क १२५ स्कुटरमा स्मार्ट कनेक्ट फिचर पाउन सकिन्छ । त्यस्तै पछिल्लो समय नेपालमा चर्चामा रहेको हिरोको उड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० मा समेत स्मार्ट कनेक्ट फिचर रहेको छ ।

यी सबै मोटरसाइकल तथा स्कुटरमा ब्लूटुथमार्फत मोवाइल कनेक्ट गरेर टर्न वाइ टर्न नेभिगेशन, कल तथा एसएसएम नोटिफिकेशन, ट्रिप रेकर्ड जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

यस्तो छ मूल्य

टीभीएस एनटर्कको रेश एडिशनको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ भने आरटीआर १६० फोर भीको मूल्य ३ लाख ९ हजार ९००, आरटीआर २०० फोर भीको मूल्य ३ लाख ४५ हजार ९०० र आरआर ३१० को मूल्य ७ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि हिरो एक्सपल्स २०० को मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top