यस्तो छ ‘स्मार्ट फरटु’ कार्बियो अल्ट्रा सिटी कारको नयाँ एडिसन

संसारभर ‘स्मार्ट फरटु’ ड्याम्लर एजीअन्तर्गत जर्मनी अटोमोटिभ डिभिजन अल्ट्रा कम्प्याक्ट सिटी कारको रुपमा परिचित छ । डिभिजनले यही वर्ष चेन्दु मोटर शोमा ब्राबसको एडिसन फरटु–कार्बियो सार्वजनिक गरेको छ ।

ब्राबस विशेषतः मर्सिडिज बेञ्ज, मेब्याक र स्मार्ट भेहिकलको राम्रो बजारको रुपमा चिनिन्छ । ग्राहकमाझ छुट्टै छाप छोड्ने प्रयासमा रहेको फरटु–ह्याचब्याकको इन्टेरियर तथा एक्सटेरियर पार्टमा परिमार्जन गरिएको छ ।

यो मोडलमा सेफ्टी सेल, रेडिएर ट्रीम, बडी प्यानल्स र मिरर क्यापजस्ता फिचर थप गरिएको छ । साथै, ग्राहकले यो कारमा विभिन्न प्याकेजको प्रयोगसमेत गर्न पाउनेछन् । अतिरिक्त प्याकेजअन्तर्गत ग्राहकले स्मार्ट–ब्राबस टेलरमार्फत् एक्सटेरियर कलर प्याकेज, इन्टेरियर लेदर प्याकेजलगायत विभिन्न अप्सन छान्न सक्नेछन् ।

इन्टेरियरमा एलईडी सेन्सर, मिडिया प्याकेज, स्पेश प्याकेजलगायत अप्सन उपलब्ध छ । त्यस्तै, यसमा १० एमएमको मनोब्लक आईएक्स, लेदर ह्यान्डब्रेक ह्यान्डल, ब्रस्ड स्टेनलेस स्पोर्टलगायत विभिन्न विशेषता दिइएको छ ।

स्मार्ट–फरटु कार्बियोमा १.० लिटर ७० बीएचपी पावरको इन्जिन प्रयोग गरिएको छ । यसले शून्यदेखि १०० किलोमिटरको रफ्तार पकड्नमात्रै १४ सेकेन्ड समय लगाउनेछ । साथै, ०.९ टर्बाेचाज्र्ड इन्जिनले शून्यदेखि १०० किलोमिटरको रफ्तार पकड्नमात्रै १०.४० सेकेन्ड समय लगाउँछ ।

बाब्रस एडिसनमा उपलब्ध ०.९ लिटर टर्बाेचाज्र्ड इन्जिनले १०८ बीएचपी पावर उत्पादन गर्छ । यसको टपस्पीड क्षमता १६६ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा पाँच स्पीड म्यानूअलकासाथै ६ स्पीड गियरबक्स लगाइएको छ ।


Back_to_top