यामाहा जाब्रा–१५० लिक्विडकुल्ड इन्जिनमा आउने

मोटरसाइकल उत्पादक कम्पनी यामाहाले अर्काे वर्ष यामाहा जाब्रा–१५० लाई नयाँ इन्जिन, मेनकानिकल अपडेट तथा डिजानमा ल्याउने तयारी गरेको छ । एमटी अवधारणालाई आत्मसाथ गर्दै परिमार्जन गर्न लागिएको कम्पनीले रि–डिजाइन फ्यूल ट्याङ्की, एलईडी हेडल्याम्प्स क्लस्टर तथा सिङ्गल–पिस सिटसहित ल्याउने तयारी गरेको हो ।

यामाहाको नयाँ संस्करण एमटी–१५ यही वर्षको नोभेम्बरमा इन्डोनेशियामा सार्वजनिक हुने अनुमान गरिएको छ । यामाहा जाब्रा–१५ मा अन्य मोडलमा समावेश गरिएको जस्तै लेटेस्ट विशेषता च्यासिस, सस्पेन्सन, कम्पोनेन्ट र ह्वीलको प्रयोग गरिएको छ ।

अहिले बजारमा भएको जाब्रामा १५५ सीसी क्षमताको यामाहा आर–१५ मा उपलब्ध भी–३.० सिङ्गल सिलिन्डर इन्जिनकासाथै (भेरिएबल भल्ब एकुजेशन) भीभीए र स्लिपर क्लच लगाइएको छ । यसले १९ बीएचपी पावरकासाथै १४.८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

तर, जाब्राको नयाँ जेनेरेशनमा आधारित मोडलमा भने १४९ सीसीको फोर–भल्भ लिक्विड कुल्ड इन्जिन लगाइएको छ । यसले ८५ सय आरपीएममा १६ बीएचपी पावरकासाथै ७५ सय आरपीएममा १४.३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड ट्रान्समिसनकासाथै ३७ मिमि इनभर्टेड फ्रन्ट–फर्क र रियर–मनोसोक लगाइनेछ । साथै, मोटरसाइकललाई २६७ मिमिको मोटर लगाइनेछ । 

जाब्रामा हाल १०.२ फ्यूल ट्याङ्क लगाइएको छ । यसको कुल तौल १३५ किलोग्राम रहेको छ । यो मोटरसाइलको भारतीय बजारमा मूल्य एक लाख ४७ हजार पाँच सय ४२ भारतीय रुपैयाँ तोकिएको छ ।

यामाहाको मोटरसाईकल नेपाली बजारमा पनि राम्रो बिक्री हुने मध्यमा पर्ने गरेको छ । यस्तो जाब्राको नयाँ मोडल नेपाली बजारमा आउने आंकलन गर्न सकिन्छ । 


Back_to_top