आन्तरिक उडानमा टर्बोप्रप्प भर्सेस जेटको भविष्य, स्पीड र इकोनोमीको लडाईं

काठमाडौं । विमान निर्माणको क्रममा यात्रु क्षमता, आवश्यक दूरी, हवाईफिल्ड, पहुँच र अपरेशनल खर्चलाई मध्यनजर राखेर डिजाइन गरिएको हुन्छ । यी तथ्यहरूको आधारमा रिजनल र सर्ट–हल विमानको वर्गीकरण गर्न सकिन्छ ।

सुरुमा रिजनल एयरपोर्टमा उडान गर्ने जहाजहरू पिस्टन इन्जिनका थिए, त्यसपछि पिस्टनलाई टर्बोप्रप्पले विस्थापन गर्यो, जुन आर्थिकरूपमा उपयुक्त र अधिक विश्वसनीय रहेका छन् । जेटलाइनरमा टर्बोफ्यान इन्जिनको विकास र यसको कार्यक्षमतामा भएको सुधारसँगै सञ्चालन खर्चमा भएको वचतले टर्बोप्रप्प विमानकै सिट क्षमताका जेटहरू विकास भएका हुन् । जसले विभिन्न छनौटको सुविधासहित थप कम्फर्ट, अधिक गति तथा जहाजको अधिकतम् उपयोग दरको व्यवस्थापनले टर्बोप्रप्पको स्थान लिएका थिए ।

यी विविध कारणहरूले साना सेक्टरमा उड्ने रिजनल जेटको उदय भएको थियो । पहिलो लटमा ५० सिट क्षमताका बम्बाडियरको सीआरजे–१०० र २०० बनेका थिए । पछि यही मोडलका नयाँ भेरियन्ट ७० सिट क्षमताका सीआरजे–७०० तथा इन्ब्रेरिएर कम्पनीका ईआरजे–१७० र १७५ विमानहरूले सन् १९९९ सम्म रिजनल सेक्टरको आकाश कब्जा गरेका थिए ।

त्यो रुटमा एटीआर–७२ ले झन्डै ७७० केजी इन्धन प्रयोग गर्छ भने क्यू–४०० ले लगभग १००० केजी इन्धन खपत गर्छ । तर, सीआरजे–७०० ले १२०० केजी तथा ईआरजे–१७० ले १३०० केजी इन्धन प्रयोग गर्छ, यी सबै जहाजहरू ७० देखि ७८ सिटे हुन् ।

एयरलाइन्सहरूको विस्तारसँगै हब–एण्ड–स्पोक मोडललाई च्यालेञ्ज भएको थियो । जुनबेला साना विमानस्थलबाट एक–अर्कामा डाइरेक्ट फ्लाइट नगरी सबै प्यासेञ्जरहरूलाई बीचको हवमा जम्मा गरेर फेरि अर्काे उडानमा चढाइन्थ्यो । यी रिजनल क्यापासिटीका ७० र ८० सिटे विमानहरूले मेनलाइन रेञ्ज एकदेखि दुई हजार नटिकलमाइल दूरीका साना–छाेटा रुटमा डाइरेक्ट कनेक्टीभिटी बनाएका थिए । एटीआर–७२ रिजनल टर्बोप्रप्प भने ८०० नटिकलमाइलसम्ममात्र उडान क्षमताका जहाज हुन् ।

यी दुई प्रकारका रुट (टर्बोप्रप्प र रिजनल जेट)काबीचको ग्याप फूलफिल गर्ने उद्देश्यले बम्बाडियरले डीएचसी–८–४०० को सुरुवात गरेको हो । जुन सन् १९९९ मा क्यू–४०० नामले चर्चित भयो । यसमा एटीआर–७२ भन्दा केही बढी रेञ्ज, स्पीड तथा सिट क्षमता रहेको थियो, तर यसको सञ्चालन खर्च भने एटीआरको टर्बोप्रप्पभन्दा बढी थियो ।

अमेरिकामा भएको सेप्टेम्बर ११ को आतङ्ककारी हवाई हमलापछि बढेको हवाई इन्धनको मूल्यले धेरै एयरलायन्सहरूलाई टाट पल्टाएको थियो । यसले एयरलायन्सहरूलाई कम सञ्चालन खर्च भएको विमान छनौट गर्न बाध्य बनाएको थियो । र, यही घटनासँगै रिजनल रुटमा प्रयोग भएको जेटलाइनरको आकर्षणको अन्त्य भएको हो, जसको सञ्चालन खर्च टर्बाेप्रप्पभन्दा निकै बढी रहेको थियो ।

नेपाली आन्तरिक आकाशमा पनि दशकौँदेखि सफलरूपमा सञ्चालन हँदैआएको टर्बोप्रप्प इञ्जिनयुक्त बुद्धएयर र साथसाथै उडिरहेको यती एयरलायन्सले प्रयोग गरेका यी जहाजहरू एकदमै सफल र कम खर्चिला भनी प्रमाणित भइसकेको छ । बुद्ध तथा यतीले ट्रङ्क रुटमा एटीआरका ठूला जहाजहरू उडाउन थालेका छन् । हाल बुद्धएयरले आफूसँग भएका साना जहाज १९०० डी बिक्री गरेर वा अान्तरिक उडानमै रिजनल एयरपोर्टबाट अन्य साना एयरपोर्टहरूमा उडाइरहेको छ । यती एयरलायन्सले पनि आफ्ना जेटस्ट्रीम २९ सिटे जहाजलाई एटीआरका ७० सिटे ठूला जहाजले विस्थापन गरिरहेको छ ।

तर, नेपालको आन्तरिक आकाशमा प्रतिस्पर्धा गर्नको लागि बम्बाडियरको रिजनल जेटको साथ लिएर सौर्य र श्रीएयरलायन्स बजारमा उत्रिएका छन् । सौर्य एयरलायन्स विगत दुई वर्षदेखि कहिले चल्दै कहिले रोकिँदैआएकोमा हालैमात्र नयाँ समूहले खरिद गरेको छ । उसले थप विमानहरू ल्याउने घोषणा गरेको छ भने विगत लामो समयदेखि हेलिकोप्टर सर्भिसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेको श्रीएयरलायन्स पनि फिक्सड विङ्ग सर्भिसमा उत्रिएको छ ।

यी दुबै एयरलायन्समा मुख्य समानता भनेको विश्वको रिजनल सर्भिसमा अनुपर्युक्त प्रमाणित भइसकेको बम्बाडियरको सीआरजे सिरिजका रिजनल जेट प्रयोग हाे । सामान्यतया यस्ता जेटहरू कम्तीमा ५०० नटिकलमाइलसम्मको दूरीको उडानका लागि उपयुक्त हुनसक्ने भनिएको भए तापनि नेपालको सबभन्दा टाढाको रिजनल एयरपोर्ट काठमाडौंबाट धनगढीसम्मको रूटमात्र २५० नटिकलमाइलको दूरीमा रहेको छ ।

एयरलायन्सको ५० प्रतिशतभन्दा बढी कस्ट इन्धनको हुने गरेको छ । यी जेटहरूको इन्धनको प्रयोग र नेपालको हवाई दूरीका हिसाबले यी जहाजहरू कुनै पनि हालतमा नेपाली आन्तरिक उडानमा उपयुक्त होइनन् । तर पनि, विश्वबजारबाट अयोग्य भनी प्रमाणित भइसकेको यस्ता जहाजहरू नेपाली एयरलायन्सले सुरूको लगानी कम पर्ने (जहाज खरिद दर) हुँदा उडाउने जोखिम मोलिरहेका छन् ।

यस्तै, जोखिम लिँदा २००७ मा नै प्राइस–वार गर्दैगर्दा कस्मिक एयर टाट पल्टेको थियो । कस्मिकले पनि रिजनल फोकर–१०० जेट नेपाली आन्तरिक हवाई रुटमा उडाएको थियो । तत्कालिन समयमा सिट भर्नका लागि प्रत्येक फ्लाइटमा मोटरसाइकल उपहार राख्दा पनि त्यो कम्पनी सफल हुन सकेन ।

इकोनोमी टर्बोप्रप्स 

य रिजनल जहाजहरूको डिजाइन तथा निर्माण छोटा रन–वे भएका तथा वरपर पहाडी भौगोलिक अवस्था भएका एयरपोर्टहरूमा उडानका लागि तयार गरिएको हो, जसमा हाइथ्रस्ट, हाइलिफ्ट विङ्ग, माथिको वजन कम भएको जहाजको आवश्यकता हुन्छ । हाईलिफ्ट विगले कम स्पीडमा पनि टेकअफ गर्न सक्छ, तर हाईस्पिडमा अवरोध सिर्जना गर्छ ।

जहाजलाई अगाडि बढ्ने शक्ति कति ठूलो आकारको प्रोपेलरले धेरै हावालाई विस्तारै पछाडि फालेर वा जेट इञ्जिनले थोरै हावालाई स्पीडमा पछाडि फालेर आउने गर्छ । अगाडि बढाउने उच्चतम क्षमता प्राप्त गर्नका लागि गति र त्यसमा लगाइएको शक्ति हावाको गतिसँग नजिक हुनुपर्छ । टर्बोप्रप्प इञ्जिनयुक्त जहाज छिट्टै यस्तो आवश्यक स्पीडमा पुग्नसक्छ, जुन स्पीडमा उच्चतम क्षमता प्रयोग हुन्छ । किनकी यी जहाजहरू २५ हजार फिटभन्दा माथि उड्दैनन् ।

यसको विपरीत टर्बोजेट अथवा टर्बोफ्यानयुक्त जहाजलाई इञ्जिनको पूर्ण क्षमताको प्रयोग हुनका लागि धेरै उचाईमा पुग्नुपर्छ । जहाँ हावाको अवरोध निकै कम हुन्छ र जहाजलाई अधिक गतिमा अघि बढ्न सघाउ पुर्याउँछ । यद्यपि, अधिक गतिले धेरै हावाको अवरोधको सामना गर्नुपर्ने हुन्छ, जसका लागि अधिक शक्ति र स्पीड रेसियोको आवश्यकता पर्छ ।

नेपालको जस्तो छोटा दूरीमा भएका एयरपोर्टहरू, जहाँको हवाई दूरी २०० देखि २६० नटिकलमाइलको मात्र रहेको रुटहरूमा जेट इञ्जिनयुक्त जहाजहरूले कूल उडान समयको धेरै कम समयमात्र बचाउन सक्छ । साथै इकोनोमीकल्ली इफिसियन्ट उचाई र स्पीडमा उड्न सक्छ, यस्तो अवस्थामा टर्बोप्रप्प इञ्जिनयुक्त जहाजहरूले मात्र कुल उडानको धेरै समय इकोनोमीकल्ली इफिसियन्ट स्पीडमा उड्न सक्नेछन् ।

लचकता

इम्ब्रेरियरको ईआरजे–१७० तथा बम्बाडियरको सीआरजे–७०० अधिकतम् वजनको साथमा टेकअफ गर्नका लागि पाँच हजारदेखि पाँच हजार ६ सय फिटसम्म लम्बाई भएको रन–वेको आवश्यकता पर्छ । बम्बाडियरको क्यू–४०० लाई जम्मा चार हजार आठ सय फिटको तथा एटीआरलाई चार हजार ३०० फिटको रन–वेमात्र भए पुग्छ । प्रायः रिजनल एयरपोर्टहरू चार हजार पाँच सय फिटका हुने भएकोले एटीआरलाई सबै एयरपोर्ट उपयुक्त हुन्छ भने क्यू–४०० पनि केही लोड कम गरेर उड्न सक्छ । तर, रिजनल जेटहरूलाई यस्ता एयरपोर्टहरूमा धेरै नै समस्या हुन्छ ।

सञ्चालन खर्च

एटीआर–७२ को पफर्मेन्स रेञ्ज केही कम देखिए पनि इन्धन खपतको हिसाबले हेर्ने हो भने यो सबभन्दा उपयुक्त देखिन्छ । उदाहरणका लागि काठमाडौं धनगढी सेक्टर जुन २५७ नटिकलमाइलको दूरीमा छ । त्यो रुटमा एटीआर–७२ ले झन्डै ७७० केजी इन्धन प्रयोग गर्छ भने क्यू–४०० ले लगभग १००० केजी इन्धन खपत गर्छ । तर, सीआरजे–७०० ले १२०० केजी तथा ईआरजे–१७० ले १३०० केजी इन्धन प्रयोग गर्छ, यी सबै जहाजहरू ७० देखि ७८ सिटे हुन् ।

विश्वमा जब–जब इन्धनको मूल्य आकाशिन्छ, त्यो समयमा सबै एयरलायन्सहरू टर्बोप्रप्सको अप्सनतिर आकर्षित हुन्छन् र हाल नेपालको बजारमा भएको डलरको मूल्य बृद्धिसँगै इन्धनको पनि मूल्य बढ्ने निश्चित रहेको छ ।

टर्बोप्रप्प र रिजनल जेटबीचको सञ्चालनको सबभन्दा ठूलो फरक नै इन्धनको खपत हो । त्यसबाहेकका अन्य अपरेशनल खर्चहरू भने समान हुने गर्छ । यदि अधिक गतिको टर्बोप्रप्प र अत्याधिक गतिको जेट प्रयोग गर्ने हो भने दैनिक उडान सङ्ख्या र रेभेन्यू त केही बढ्न सक्ला, तर सँगसँगै मेन्टिनेन्सको कस्ट पनि बढ्ने नै छ ।

यात्रुको धारणा

सामान्य अवस्थाको बजारमा स्पीड, आरामदायिता, कम क्याविनको आवाजले गर्दा र जेटका विमानहरू टर्बोप्रप्पभन्दा आधुनिक र विश्वसनीय हुन्छ भन्ने आम–मानिसको सोचाई हुनसक्ने भएकोले यात्रुहरूको पहिलो रोजाईमा जेट इञ्जिनयुक्त जहाज पर्नुपर्ने हो । साथै, यसको अप्रत्यक्ष असर सिटको बुकिङ्गमासमेत पनुपर्ने हो, तर नेपालजस्तो प्राइस सेन्सेटीभ मार्केट भएको देशमा जहाजभन्दा पनि टिकटको मूल्यको आधारमा पेसेन्जरले एयरलायन्सको छनौट गर्ने गरेका छन् ।

अझ लामो समयदेखि बजारमा आफ्नो स्तरीय तथा विश्वसनीय सेवाको कारणले नेपाली आन्तरिक उडानमा बुद्ध तथा यती एयरका फ्लाइटहरू पहिलो छनौटमा पर्ने गरेका छन् । म जेट प्लेनमा चढ्दैछु र केही मिनेट वचत हुन्छ भनेर कसैले पनि थप पैसा तिर्न तयार हुँदैन ।

जहाजको मूल्य 


हालको बजारमा एटीआर–७२ को अन्तर्राष्ट्रिय मूल्य २६ मिलियन डलर रहेको छ भने क्यू–४०० को मूल्य ३२.२ मिलियन डलर रहेको छ । त्यस्तै, ईआरजे–१७० तथा सीआरजे–७०० को मूल्य ४१ मिलियन डलर रहेको छ । सबैभन्दा महंगो भए तापनि किन नेपालका कान्छो एयरलायन्सहरूले बम्बाडियरका जहाज प्रयोग गरिरहेका छन् त भन्ने प्रश्न उठ्न सक्छ । यसको प्रमुख कारण यी जहाजहरू अन्तर्राष्ट्रिय क्षेत्रमा कम प्रयोग हुनथालेका छन् ।

साथै, यी जहाजहरूको नयाँ उत्पादन पनि रोकिसकेको छ र रिजनल जेट बनाइरहेका बम्बाडियर र इम्ब्रेरियर नै १०० सिटमाथिका विमान बनाउने प्रतिस्पर्धामा उत्रिएका छन् । जसको कारणले अन्तर्राष्ट्रिय सेकेन्डह्याण्ड बजारमा यस्ता जहाजहरू अत्यधिक सस्तो मूल्यमा उपलब्ध छन् । नेपाल भारतजस्ता विकासशील देशका नयाँ वायुसेवा कम्पनीहरूले बम्बाडियरका यी रिजनल जेटहरू उडाइरहेका छन्, जसको व्यावसायिक उडान भने असफलताको दिशातर्फ रहेको छ ।

विश्वमा जब–जब इन्धनको मूल्य आकाशिन्छ, त्यो समयमा सबै एयरलायन्सहरू टर्बोप्रप्सको अप्सनतिर आकर्षित हुन्छन् र हाल नेपालको बजारमा भएको डलरको मूल्य बृद्धिसँगै इन्धनको पनि मूल्य बढ्ने निश्चित रहेको छ । जसले रिजनल सेक्टरमा जेट विमान सञ्चालन गरिरहका सौर्य र श्रीएयरलायन्सहरूलाई अझ बढी सङ्कट थप्ने निश्चित छ ।


Back_to_top