हुन्डाई आयोनीक-५ चालक बीना गुड्ने, पायो ‘चालक अनुमती पत्र’

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईको पछिल्लो उत्पादन आयोनीक-५ ले चालक अनुमती पत्र पाएको छ । अमेरिकाको लस भेगासमा रोबोट्याक्सी संचालन गर्न उसले अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गरेको हो ।

हुन्डाईले ट्याक्सीको रुपमा चलाउन लागेको आयोनीक-५ लाई सेल्फ ड्राइभ बनाइएको छ । त्यसैले ड्राइभिङ लाइसेन्स परिक्षामा आयोनीक-५ समावेस भएको थियो । उसले सबै किसिमका परिक्षा पुरा गरेर लाइसेन्स प्राप्त गरेको हो ।

अब हुन्डाईको रोबोट्याक्सीहरु लस भेगासको सडकमा चालक बीना नै गुड्ने छन् । यसलाई आधुनिक यातायातमा ठूलो सफलता मानिएको छ ।

हुन्डाईले यसमा आयोनीक-५ मा लेभल-४ अटोनोमस ड्राइभिङ सिस्टम दिइएको छ । कम्पनीको इजीएमपी प्लेफर्ममा बनेको यो कारमा ‘मोशनल’ नामक कम्पनीसँग मिलेर अटोनोमस ड्राइभिङ टेक्नोलोजी विकास गरेको हो ।

यसमा ३० वटा सेन्सर प्रयोग भएको छ । क्यामेरा, राडार र लाइडारको प्रयोग गरेर ३६० डिग्री क्यामेराको सहायताले हाइ रेजुलेसन तस्बिर खिच्ने र निकै टाढाका बस्तुहरु पनि एकिन गर्ने काम गर्छ । मानिसले चलाउने कारको तुलनामा यसमा धेरै बढी सुरक्षा फिचर छन् ।


Back_to_top