सुपर शोकोको नयाँ वर्ष स्कीम: ३० हजार नगद छुटदेखि थुप्रै अफरसम्म

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी सुपर शोकोले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरमा अफर ल्याएको हो ।

सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले नगद छुट सहितको एक्सचेन्जमा थप मूल्याङ्कन दिने योजना ल्याएको हो ।

सुपर शोकोले ल्याएको यो योजनामा ग्राहकले ३० हजार रुपैयाँसम्म नगद छुटका साथै एक्सचेन्जमा स्कुटर तथा मोटरसाइकल बेच्दा बजार मूल्यमा १५ हजार थप मूल्याङ्कन पाउने छन् ।

यसै योजना अन्तर्गत ग्राहकले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा ३ हजार बराबरको गिफ्ट भौचर, १ वर्षको रोड ट्याक्स, हेलमेट, २ वर्षको सर्भिस फ्रि साथै ४ वर्षसम्मको ब्याट्री वारेन्टी सुविधा पाउने छन् ।

सुपर शोकोले हाल नेपाली बजारमा तीन मोडलका स्कुटर तथा दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । डिलाईफ स्टाइलले टीएस र टीसी मोडलका ४ भेरियन्टका मोटसाइकल उपलब्ध गराउँदै आएको छ । त्यस्तै स्कुटरतर्फ सीयू मीनी, सीयूएक्स र सीपीएक्स मोडल छन् ।

सुपर शोकोका स्कुटर तथा मोटरसाइकले एक पटकको फुलचार्जमा ८० किलोमिटरदेखि २०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । सुपर शोकोले २ लाखदेखि ६ लाखसम्मका इलेक्ट्रीक दुई पाग्रे सवारी साधन बिक्री गरिरहेको छ ।


Back_to_top