के हो एफआई इन्जिन, कसरी गर्छ काम ? यस्ता छन् बेफाइदा

काठमाडौं । पछिल्लो समय धेरैजसो ब्रान्डले एफआई (फ्यूल इन्जेक्टर) इन्जिन भएका मोटरसाइकल आयात गर्दै आएका छन् । तपाईले चढ्दै गर्नु भएको मोटरसाइकल तथा स्कुटरमा पनि एफआई इन्जिन भएको हुन सक्छ ।

मोटरसाइकलको इन्जिनमा कार्बुरेटर वा एफआई हुने गर्छ । कार्बुरेटर पुरानो टेक्नोलोजी हो भने, एफआई नयाँ टेक्नोलोजी हो ।

इन्जिन सिलिण्डरमा रहेको ‘कम्बस्चन चेम्बर’मा इन्धन र हावा (अक्सिजन)को समिश्रणपछि पिस्टनलाई तलमाथि धक्का दिने गर्छ जसबाट पावर जेनेरेट हुन्छ ।

एफआई र काबुरेटरको मुख्य काम भनेको यही हुने गर्छ । यिनीहरूले हावा र इन्धनलाई मिसायर इन्जिनमा पठाउने काम गर्छ ।

एफआईको मुख्य काम भनेको समय र आवश्यक्ता अनुसार इन्धन र हावाको समिश्रणलाई इन्जिनमा पठाएर कमभन्दा कम इन्धन प्रयोग गरी वातावणीय प्रदूषण कम गराउनु हो ।

यसमा ८ वटा विभिन्न सेन्सरहरू लगाइएका हुन्छन् । जसले ८ तरिकाले सवारी, स्पिड, वातावरण, तापक्रम, एक्सीलेरेसनको मात्रा आदिका आधारम इन्धन र हावाको मिसावट निर्धारण गर्ने गर्छ । यसमा कार्बुरेटरको जस्तो समान समिश्रण हुँदैन।

आवश्यक्ता अनुसार रियल टाइम समिश्रण (हावा र इन्धनको) मात्रा थपघट हुने गर्छ । जस्तो जाडोको मौसममा कार्बुरेटर मोटरसाईकलमा भन्दा एफआई सजिलै स्टार्ट हुने गर्छ । यस्तो मौसममा एफआईले इन्जिनमा पठाउने समिश्रणमा हावाको भन्दा इन्धनको मात्रा बढी हुने गर्छ ।

एफआईले एक्सिलेटर बढाउँदैमा इन्धनको फ्लोलाई मात्र बढाउँदैन । यसले त कति मात्रामा इन्धन र हावाको आवश्यक्ता हुन्छ, उक्त कुरा निर्धारण गरेर मात्र आवश्यक मात्रामा इन्धन खर्च गराउँछ । फलस्वरुप कम इन्धनमा धेरै यात्रा गर्न सम्भव हुन्छ, वातावरण जोगाउँछ, सवारीको माइलेज १४ प्रतिशत बढाउछ ।

एफआईले मोटरसाइकल आवश्यकताभन्दा बढी ढल्कीएमा इन्धनको फ्लोलाई रोकिदिने काम पनि गर्छ । जसको सहयोगले इन्धनको ओभर फ्लो हुन बाट जोगाउँछ ।

एफआई इन्जिनका धेरै फाइदा रहेका छन् भने यसका केही बेफाइदा समेत रहेको छन् । एफआई इन्जिन भएका मोटरसाइकल तथा स्कुटरमा हामीले कम इन्धन राखेर मोटरसाइकल चलाउनु जोखिमपुर्ण हुन्छ ।

कम इन्धन राख्दा फ्यूल ट्याकमा भएको सेन्सर खराब हुने गर्छ । कम्तीमा पनि ३ लिटरभन्दा धेरै इन्धन राखेर चलाउनु राम्रो मानिन्छ ।

त्यस्तै, एफआई भएका मोटरसाइकलमा कम गुणस्तर तथा मिसावट भएको इन्धन राख्दा पनि एफआईमा खराबी आउन सक्छ । एफआई मर्मत गर्नका लागि दक्ष मेकानिकको आवश्यकता पर्छ भने यसको मर्मत खर्च पनि धेरै हुन्छ ।


Back_to_top