यस्ता छन् बजारमा उपलब्ध सर्वाधिक सुरक्षीत ईभी चार्जरहरु

काठमाडौं । इलेक्ट्रीक कार खरिद गर्ने वा गरेका ब्यक्तिले मुख्य ध्यान दिनपर्ने कुरा भनेको उक्त कारमा प्रयोग गर्ने चार्जर हो । अहिले बजारमा धेरै ब्राण्डका इलेक्ट्रीक कारहरु उपलब्ध छन् ।

ईभी खरिद गर्ने प्रायः मानिसले कारको बारे राम्रोसँग बुझेर किन्ने गरेको पाइन्छ । तर, त्यसमा प्रयोग हुने चार्जरका बारे खासै सोधपुछ गर्दैनन् । गाडीसँग बिक्रेता जस्तो दिन्छन्, त्यस्तै बोक्छन् । यो विश्वभर नै चलिरहेको छ ।

विद्युतीय गाडीमा गुणस्तरिय चार्जरको प्रयोग गर्नु एकदमै आवस्यक हुन्छ । त्यस्ता गुणस्तरिय चार्जर उत्पादकहरु बजारमा थुप्रै छन् । त्यसमध्ये विश्व बजारमा सर्वाधिक सफल र राम्रा चार्जर निम्न प्रकार रहेका छन् ।

एम्पोरिया ४८ एम्पीयर

एम्पोरियाले सन् २०२२ मा उच्च गुणस्तरको ४८ एम्पीयरको चार्जर बजारमा ल्याएको हो । ३९९ अमेरिकी डलर मूल्य पर्ने उक्त चार्जर सुरक्षा प्रमाणित भएको वाइफाई कनेक्टेड स्मार्ट चार्जर हो ।

एम्पोरिया चार्जर ११.५ किलोवाटमा पाउन सकिन्छ । यसले ५० डिग्रीसम्मको उच्च तापक्रम र ३० डिग्रीसम्मको न्युनतम तापक्रममा समेत राम्रोसँग गाडी चार्ज गर्न सक्छ । यो युएल सर्टीफाइड इनर्जी स्टार रेटेड भारतमा बनेको चार्जर हो ।

चार्जर पोइन्ट होम फ्लेक्स

होमफ्लेक्स चार्जर सन् २०१९ देखि उपलब्ध भएको चार्जर हो । पाँच वर्षको अबधिमा सबैभन्दा धेरै बिक्री हुने चार्जर मध्ये एकमा होम फ्लेक्स पर्छ ।

यो चार्जरले पनि निकै चिसो र तातो मौसममा पनि राम्रो काम गर्ने कम्पनीको दावी छ । यो पनि वाईफाई जडित स्मार्ट चार्जर हो । ५० एम्पीएर १२ किलोवाट क्षमताको यो प्लग इन चार्जर युएल लिस्टेड इनर्जी स्टार रेटेड हो । यसको उत्पादन म्याक्सिकोमा भएको हो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ५९९ डलर रहेको छ ।

टेस्ला युनिभर्सल वाल कनेक्टर

टेस्ला युनिभर्सल चार्जर ४८ एम्पीयर ११.५ किलोवाटमा रहेको छ । एडप्टर बिना प्रयोग गर्न मिल्ने भएकाले यसलाई म्याजिक डक युनिक स्मार्ट चार्जरको रुपमा लिने गरिन्छ । यसमा पनि वाइफाई कनेक्ट सिस्टम छ ।

टेस्ला कार मात्रै नभई यो चार्जर सबै ब्राण्डका कारमा प्रयोग गर्न सकिने छ । इटीएल सर्टिफाइड इनर्जी स्टार रेटेड यस चार्जर ताइवानमा बनेको हो । यसको मूल्य ६२० डलर पर्छ ।

वालबक्स पल्सर प्लस

वालबक्स पल्सर प्लस वाइफाइ कनेक्ट स्मार्ट चार्जर ४८ एम्पीयर ११.५ किलोवाट छ । यसलाई एक कम्प्याक्ट चार्जरको रुपमा लिइन्छ । यसमा धेरै स्मार्ट फिचरहरु छन् ।

अमेरिकामा निर्माण भएको उक्त चार्जर युएल लिस्टेड इनर्जी स्टार रेटेड चार्जर हो । यसको मूल्य ६९९ डलर छ । पल्सर प्लस चार्जर दुई भेरियन्टमा उपलब्ध छ ।

औटेल म्याक्सी चार्ज लाइट

औटेल ५० एम्पीयर १२ किलोवाट क्षमताको चार्जर हो । यसलाई भियतनामी कम्पनीले उत्पादन गरेको हो ।

यो सीएसए सर्टिफाइडसँगै इनर्जी स्टार रेटेड चार्जर हो । औटेल वाईफाई कनेक्ट फिचर प्याक्ड स्मार्ट चार्जर हो । यसको मूल्य ५६९ डलर रहेको छ । यो लाइट र इलाइट गरी दुई भर्सनमा उपलब्ध छ । यसको दुबै भर्सनमा छुट्टा छ्ट्टै फङ्गशन पाउन सकिन्छ ।

इभोक ईभी पावर

इभोक चार्जर ४८ एम्पीयर ११.५ किलोवाट क्षमतामा उपलब्ध छ । यसलाई पनि वाईफाईमा कनेक्ट गर्न सकिने छ । यस स्मार्ट चार्जर चीनमा बनेको हो । यसको मूल्य ३९९ डलर रहेको छ । यो पनि इटीएल सर्टिफाइड इनर्जी स्टार रेटेड चार्जर हो ।

ग्रीजल इ स्मार्ट

ग्रीजल ३९५ अमेरिकी डलर मूल्य पर्ने इ स्मार्ट चार्जर हो । यसको ४० एम्पीयर ९.६ किलोवाट क्षमतामा पाउन सकिन्छ । यो पनि वाईफाई कनेक्ट स्मार्ट चार्जर हो । यसको नन् स्मार्ट भर्सन ग्रीजल इ क्लासिक पनि बजारमा उपलब्ध छ । युएल सर्टिफाइड रहेको इनर्जी स्टार रेटेड यो चार्जर क्यानडामा निर्माण भएको हो ।

यी सबै चार्जरहरु इनर्जी स्टार रेटेड स्मार्ट पावर प्याक्ट फिचरहरुमा उपलब्ध भएका कारण जस्तो सुकै चिसो वा तातो ठाउँमा प्रयोग गर्न एकदमै सुरक्षित रहेका छन् । यी मध्ये अधिकांश चार्जर नेपालमा पनि अर्डर गरेर मगाउन सकिन्छ ।


Back_to_top