टोयोटाका गाडी किन्न बेस रेटमै ऋण, १२ वर्षे कर्जा पाइने

काठमाडौं । टोयोटाको गाडी किन्ने ग्राहकलाई गरिमा विकास बैंक लिमिटेडले आफ्नो बेस रेट (आधार ब्याजदर) मै कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीको चैत्र (तेस्रो क्वाटर) सम्मको वेस रेट ९.९९ प्रतिशत रहेको छ । त्यसको मतलव टोयोटाका गाडी किन्नेलाई बैंकले त्यहि रेटमा कर्जा सेवा उपलब्ध गराउने भन्ने हो ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र गरिमा विकास बैंक बीच कर्जा सुविधा उपलब्ध गराउने विषयमा एक सम्झौता भएको हो ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

दुई संस्था बीचको सम्झौता अनुसार टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने छ भने अधिकतम १२ बर्षसम्मको लागि कर्जा सुविधा लिन सक्ने छन् ।

ग्राहकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्रान्डका सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा पाउने छन् ।

गरिमा विकास बैंकले उपत्यका भित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आइहेको छ ।


Back_to_top