काठमाडौं । मोटोरिंगको विश्व महासंघ ‘फेडेरेशन अन्तर्राष्ट्रिय डि अटोमोबाइल (एफआईए)को रिजनल सेकेन्ड कन्फ्रेन्स सेप्टेम्बरको मध्यममा नेपालमा हुने भएको छ । यो महासंघले मोटर स्पोर्टको अलवा अटोमोबाइल मोभिलिटी एन्ड टुरिजम र रोड सेफ्टीको क्षेत्रसँग समेत सम्बन्धित रहेको छ ।
अझ ग्राहकको अधिकार, फ्युल इकोनमी, सुरक्षित मोभिलिटी तथा स्मार्ट शहरको क्षेत्रमा समेत यो महासंघ सक्रिय रहेको छ । तसर्थ, एफआई एलाई आज स्पोर्ट मात्र नभएर मोटोरिस्टको महासंघ भनेर चिनिन्छ ।
एफआईएमा मुलत ३ वटा क्षेत्र छन् । जसमा मोटर स्पोर्ट्स, जसको अधिकांस कार्य जेनेभा र भेलोरी, फ्रान्सबाट संचालन हुन्छ । त्यस्तै मोभिलिटी हेडक्वाटर पेरिस मा छ भने, अन्य अन्य कार्यालयहरु लण्डन लगायतका शहरमा छन् ।
नेपाल लगायतका १४२ देशमा यो महासंघको संरचना छ, जुन देशमा जसलाई राष्ट्रिय खेलकुद प्राधिकरण (एएसएन) भनिन्छ । यसको आफ्नै कार्य क्षेत्र बिधान , संरचना र छुट्टै नेत्तृत्व छ , अध्यक्ष बाहेक । तसर्थ, एफआईएलाईलाई आज खेलकुद मात्र नभएर मोटोरिस्टको को महासंघ भनेर चिनिन्छ ।
त्यस्तै ओटोमोबाइल मोभिलिटी र पर्यटनको समेत विश्वव्यापी संरचना छ जसलाई आसिएन भनिन्छ । कुनै देशमा संघ एकै छन्, भने कुनै देशमा फरक । जस्तो कि भारतमा खेलकुद संघ र गतिशीलता एसएफको छुट्टै संघ छ भने नेपालमा एउटै ।
सोहि सन्दर्भमा एफआइएए को रिजन आई राउन्ड टेबल मिटीङ यहि सेप्टेम्बेर १६ देखि नेपालमा आयोजना हुन गईरहेको छ । न्युजिल्याण्ड देखि तुर्किमिस्तानसम्मका २५ देशका मोभिलिटी क्षेत्रका ओटोमोबाइल एसोसिएशन (एए)को उपस्थिति हुनेछ ।
त्यस्तै एफआईए का पेरिस र अस्ट्रेलियाका कार्यलयका समेत महासचिव लगायतका उच्च पदाधिकारी आउने निश्चित भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रोड आकलन कार्यक्रम (आईआरएपी), ग्लोबल(एनसिएपी) तथा विभिन्न विश्वविद्यालयका प्रोफेसरहरुको सहभागिता हुनेछ ।
काठमाडौँको हायात होटलमा हुने सो सम्मेलनमा दिगो गतिशीलता, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आइडीपी), फ्युल इकानमी तथा यातायात व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ ।
कार्यक्रमका सहभागीहरुले नेपाल सरकारका उच्च अधिकारीसँग विषयगत मिटिङ्गहरु गर्नेछन् । सो कार्यक्रमको प्रोमो हालै काठमाडौंमा संसद योगेश भट्टराई, पूर्व मन्त्री कर्णबहादुर थापा, डा. दिपक प्रकाश भट्ट, निर्जला रावत तथा डा.शिवजी यादवले सर्वाजनिक गरेका थिए ।
संसारकै अटोमोबाइल क्षेत्रको प्रतिष्ठित कन्फिडिरेशनको यस किसिमको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो ।

