भारतीय ट्रकले सडक बिगारे, करको दायरामा आएनन्ः सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सडक क्षमताभन्दा बढी भार बोकेर आएका भारतीय ट्रकले सडकहरु बिगारेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपालमा भारतीय ट्रकहरू धेरै लोड बोकेर निर्वाध रूपमा चल्दा सडकमा क्षति पुगेको बताए ।

‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ । नेपाली ट्रकहरू क्षमताभन्दा धेरै बोकेर हिडेका छैन,’ उनले भने ।

सडक क्षमताभन्दा बढी भारी बोक्न दिँदा वर्षैपिच्छे खर्च बढाउँदै लगेको उनको भनाई थियो । नेपाली सडकमा भारतीय ट्रकहरूको सिन्डिकेट नै रहेको उनले बताए ।

निर्वाध रूपमा नेपाल आउने भारतीय ट्रकहरू काठमाडौंमा ७२ घन्टासम्म बस्ने र यहाँबाट पनि सामान लोड गरेर लैजाने गर्नाले यहाँका ट्रक व्यवसायीहरू समसयामा परेको पन्तको भनाइ छ ।

‘नेपालमा भएका २० हजार ट्रकले काम पाउन छोडे । त्यसले चालक, सहचालक, ढुवानी मजदुर समेत गरी ८० हजारको रोजगारी गुम्यो,’ भन्दै उनि भन्छन्, ‘नेपाली ट्रकले ढुवानीमा नेपाल सरकालाई भ्याट तिर्दै आएका छन् । तर, भारतीय ट्रकले नेपाल प्रवेश गर्दा कुनैपनि कर तिर्दैनन् । कारबाही गर्ने निकायले नियम उल्लंघन गरेको देखेर पनि नदेखेको जस्तो गर्न थालेका छन् ।


Back_to_top