काठमाडौं । यातायात ब्यवस्था विभागले वितरण गरेको स्मर्ट लाईसेन्समा जडान गरिएको चिप नै कमसल परेको छ ।
वितरण गरेको १ बर्ष नहुँदै कार्डबाट चिप्स खस्ने, खुइलिने जस्ता कारण चालक अनुमति पत्र बोक्ने नागरिक समस्यामा परेको पाइन्छ ।
६ महिना कुरेर कागजको कार्डभन्दा डवल राजस्व तिरेर पाएको कार्डको पनि रङ्ग उड्ने तथा चिप नै उप्केर हराउने गरेको छ । यसरी चिप हराएमा के हुने हो अन्यौल चिर्न विभाग असफल भएको छ ।
‘पुराना १ लाख ६० हजार कार्डमा निकै धेरै गुनासाहरु आइरहेको छन् । हामीले १० बर्षको ग्यारेन्टि भनेर किनेको कार्ड एक ढेड बर्षमा नै बिग्रेको भन्ने कुरा छ, अब नयाँ कार्ड लिन सम्बन्धीत सवारी चालक अनुमति पत्र बाहकले ५०० रुपैयाँ तिरेर नयाँ कार्ड बनाउनु पर्ने हुन्छ ।’ यातायात ब्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले मेरोअटोसँग भने ।
पोलिकार्बोनेट पेपरबाट बनाइने यो कार्ड बाक्लो र सुरक्षित हुन्छ भन्ने तर्क थियो तर, यसको अहिलेको अबस्था हेर्ने हो भने निकै कमजोर रहेको छ ।
‘पछिल्ला लटमा प्रिन्ट भएका कार्डमा भने कुनै किसिमको गुनासो आएको छैन, सुरूकाे लटमा अाएका कार्डमा समस्या अाएका गुनासाे छ तर, नीतिगत समस्याले शुल्क नलिइ कार्ड बनाउन सक्ने अवस्था छैन’ अर्यालले भने ।
यो कार्डलाई कसरी सुरक्षित राख्ने, चिपको काम के हो भन्ने कुरा लाइसेन्स वितरणगर्दा यातायात व्यवस्था विभागका कसैले जानकारी दिएको पाईदैन।
६ महिना कुरेर कागजको कार्डभन्दा डवल राजस्व तिरेर पाएको कार्डको पनि रङ्ग उड्ने तथा चिप नै उप्केर हराउने गरेको छ । यसरी चिप हराएमा के हुने हो अन्यौल चिर्न विभाग असफल भएको छ ।
चिपमा नै सम्पूर्ण डाटा हुने र कार्डको चिपनै हराउने अबस्था आउनु निकै दुखद कुरा हो । पूर्ण प्रयोगको पूर्वाधार नबनाइकन दाताको सहयोगमा स्मार्ट स्टन्ट गर्नाले सर्वसाधरण मारमा परेका छन् ।
करिब ११ महिना अगाडि साउन १ गतेबाट यातायात व्यवस्था विभागले देशभरिका सबै यातायात कार्यालयहरूलाई परम्परागत हस्तलिखित लाइसेन्स खारेज गरी स्मार्ट लाइसेन्स कार्यान्वयन गर्न लिखित आदेश दिएको थियो ।
नक्कली सवारी चालक अनुमतिपत्र नियन्त्रण गर्न सकिने र अन्तर्राष्ट्रिय स्तरको हुने भन्दै एसियाली विकास बैंकको करिब २० करोड रुपैयाँ सहयोगमा विभागले स्मार्ट लाइसेन्सको योजना अगाडि बढाएको थियो ।
विगतमा कार्ड स्टक नुहँदा सर्वसाधारणले निक्कै दुःख पाए । हाल, हामीसँग प्रिन्टर आइसकेको छ । दैनिक ४५ सय देखि ५ हजारको दरमा कार्ड छापिरहेका छौं ।
परम्परागत लाईसेन्स खारेज गरेर स्मार्ट लाईसेन्स पुर्ण रुपमा कार्यान्वयनमा त आयो तर ट्रायल पास गरिसके पछि लाईसेन्स लिन लामो समय कुनुपर्ने सास्तीको अन्त्य भने हुन सकेन ।
कस्ता डाटा हुन्छ चिपमा
कार्ड नम्बर, बाहकको नाम, जारी मिति, बुवाको नाम, ठेगाना, रक्त समूह, सम्पर्क नम्बर, जन्ममितिलगायत विवरण स्मार्ट कार्डमा रहेको चिपमा रहनेछ ।
यस्तो कार्डको मुख्य नियमनकर्ता यातायात विभाग हो । तर, यी दुवै विधिको चेकजाँच ट्राफिक प्रहरीले गर्ने कानुनी ब्यवस्था रहेको छ ।
कार्ड सक्कली हो–होइन, बुझ्न सम्बन्धित कार्यालय धाउनु पर्दैन । ट्राफिक कार्यालयमा राखिएको रिडर मेसिनमा देखाएपछि सबै जानकारी पाउन सकिन्छ भन्ने हो ।
कुर्दैको सास्ती
यातायात व्यवस्था विभागले ट्रायल पास भए पनि लाइसेन्स नपाएका चालकलाई दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरण गर्ने जनाएको छ ।
दैनिक पाँच हजारको दरमा कार्ड छापिएको जानकारी दिँदै विभागले स्मार्ट लाइसेन्स वितरणको प्रक्रियालाई प्रभावकारी बनाउने दाबी गरेको हो ।
विभागका प्रवक्ता तुलसीराम अर्याल स्टक नहुँदा विभागले कार्ड वितरण गर्न नसकेको भन्दै पुरानो ब्लक हटाउने तयारी थालिएको बताउँ छन् ।
‘विगतमा कार्ड स्टक नुहँदा सर्वसाधारणले निक्कै दुःख पाए । हाल, हामीसँग प्रिन्टर आइसकेको छ । दैनिक ४५ सय देखि ५ हजारको दरमा कार्ड छापिरहेका छौं ।’ उनले भने ।
‘पहिलाको जस्तो समस्या हुँदैन, अब ब्लक हटेपछि एकदिनमै कार्ड वितरण गर्ने व्यवस्था मिलाउँछौं ।’ हाल, दैनिक ४ हजार स्मार्ट लाइसेन्सको माग आउने गरेको उनले जनकारी दिए ।
आफुहरु अहिले पुरानै नीति–नियमअनुसार लाइसेन्स वितरण गरिहेको र साउन १ गतेबाट प्रादेशिकरुपमा लाइसेन्स बाँड्ने तयारीमा रहेको अर्याल बताउँछन् ।