हजारमा पाइने कार चढ्ने यी ५ अर्बपति

काठमाडौं । जबकि अर्बपति उद्योगपतिका लागि महंगो र लक्जरी कारहरू स्टाटस सिम्बोल हो, तर विश्वकमा केही यस्ता अर्बपतिहरू छन् । जो अत्यन्तै साधारण तथा किफायती कार चढ्ने गर्छन् । यहाँ केही सफल अर्बपतिहरूको चर्चा गर्दैछौ, जो विश्वका सबैभन्दा महंगो कार चढ्ने हैसियत राख्छन् । तैपनि सामान्य केही लाखका कार चढ्न मन पराउँछन् ।

मार्क जुकरवर्ग

आजको विश्वमा मार्क जुकरवर्गलाई नचिन्ने को नै होला । उनी विश्वको सबैभन्दा ठूलो सोसल मिडिया नेटवर्क फेसबुकका संस्थापक तथा सीईओ हुन् । उनी संसारका सबैभन्दा धनी मध्येमा पर्छन् । संसारकै धनिमध्येका एक हुनुको बावजुद मार्क जुकरवर्ग अझै पनि होंडाका फिट कार चलाउँछन्, जसलाई नेपाली बजारमा होडा ज्याजको नामले चिनिन्छ ।

होडा ज्याज एक ह्याचब्याक कार हो, अमेरिकामा यो होडा फिटको रूपमा चिनिन्छ । यो होडा ज्याजमा १.५ लिटरको पेट्रोल इञ्जिन दिइएको छ, जो अधिकतम् ११७ बीएचपीको पावर उत्पादन गर्छ । मार्कसँग फक्सवागनको गल्फ जीटीआई र अकुरा टीएसएक्स कारहरू पनि छन् । यी कारहरू केही महंगो हुन्छन्, तर अन्य उद्योगपतिहरूले चढ्ने जति भने होइन ।

वारेन बफेट

जो संसारको तेस्रो धनी व्यक्ति भनेर चिनिन्छन्, यदि तपाईंले उनको कारको बारेमा सुन्नुभयो भने तपाईंलाई विश्वास गर्न गाह्रो हुन्छ । हाथवे इन्भेस्मेन्टका अध्यक्ष बफेटले चढ्ने गाडी २०१४ मोडलको क्याडिलैक एक्सटीएफ हो, जसको मूल्य करिब ४५ हजार डलर रहेको छ । जुन मूल्यमा अमेरिकी साधारण मानिसले कार चढ्ने गर्छन् । बफेट आपैmँ कार ड्राइभ गर्न मन पराउँछन् र अक्सर उनी यो कारमा देखिन्छन् । यो कारमा भीसीक्स पेट्रोल इञ्जिन रहेको छ ।

स्टीव वालमर

स्टीव वालमर माइक्रोसफ्टका पूर्वसीईओ हुन् । उनको माइक्रोसफ्टमा ८ प्रतिशत हिस्सेदारी छ, जसले उनलाई सजिलै एक अर्बपति बनाउँछ । उनले चाहेमा रोल्स रोयसजस्ता संसारका महंगो कारहरू किन्न सक्छ, तर उनी फोर्ड फ्यूजन हाइब्रिडजस्तो एक सामान्य कार चलाउँछ । यो कार पनि उनलाई फोर्ड मोटरले उपहारमा दिएको थियो । वालमरसँग २०१० भेरियन्टको कार रहेको छ, जसमा २.५ लिटर पेट्रोल इञ्जिन रहेको छ र यसले १५६ बीएचपीको पावर उत्पादन गर्छ । यसमा अर्को एक विद्युतीय मोटर पनि लगाइएको छ, जसले १०६ बीएचपीको पावर उत्पन्न गर्छ । 

रोमन अब्रामोभिच 

रोमन एक रूसी अर्बपति हुन् । उनी रसियाको सबैभन्दा धनी मानिसमा गनिन्छन् । रोमन अब्रामोभिच इग्ङ्लिस प्रिमियर लिगको लोकप्रिय क्लब चेल्सीका मालिक पनि हुन् । अब तपाईं कल्पना गर्न सक्नुहुन्छ, रोमन कतिको धनी हुन् । रोमन एक लक्जरी जीवन बिताउँछन् र उनीसँग एकसेएक महंगो र लक्जरी कारहरू छन् ।

तर, रोमन अब्रामोभिच प्रायः फ्रान्समा बस्छन् र उनी फ्रान्समा एक इलेक्ट्रीक कार चढिरहेको देखिन्छन् ।

स्टीव वाजनियाक 

स्टीव विश्वको प्रसिद्ध कम्पनी एप्पलका एक संस्थापक सदस्य हुन् । यसबाहेक, उनीसँग धेरै क्षेत्रमा लगानी पनि रहेको छ । उनीसँग एक वेसबल टीम पनि रहेको छ । अनुमानहरूकाअनुसार, उनको नेटवर्थ १०० मिलियन अमेरिकी डलर बराबर रहेको छ । 

यति धनी हुनुको बावजूद, उनी शेभ्रोलेट बोल्ट इलेक्ट्रीक कारमा यात्रा गर्छन् । यो कारले २०० बीएचपीको पावर उत्पन्न गर्दछ ।


Back_to_top