काठमाडौं । ट्रायल पास भएर वा रिनुगर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सम्पूर्ण ब्यक्तिले आफ्नो लाईसेन्स प्रिन्ट भए वा नभएको मोवाइल फोनबाटै थाहापाउने भएका छन् ।
यातायात ब्यवस्था विभागले मोवाइलको म्यासेजबाट नै उक्त जानकारी लिन पाउने ब्यवस्था मिलाएको छ । त्यसकालागि LC स्पेश एप्लिकेन्ट आइडी टाइपगरी ३१००३मा पठाउनु पर्ने छ । त्यसपछि तपाईको लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउने छ ।
साथै, विभागले सवारी चालक अनुमति पत्रको लिखित परिक्षा दिएर बसेकाको लागि त्यसको नतिजा थाहापाउने ब्यवस्थासमेत मोवाइल म्यासेजबाटै गरेको छ ।
त्यसकालागि लिखित परिक्षा दिएका बयक्तिले WT स्पेश एप्लीकेन्ट आइडी टाइपगरी ३१००३ मा एसएमएस गर्नु पर्ने छ । एसएमएस पठाउनासाथ उतिर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित ब्यक्तिले पाउने छन् ।

