काठमाडौं । सुजुकी मोटरसाइकल इन्डियाले कम्बाइन्ड ब्रेकिङ सिस्टमसहित १२५ सीसी इन्जिन क्षमताको एक्सेस स्कुटर सार्वजनिक गरेको छ ।
साथै कम्पनीले एक्सेसको स्पेशल एडिशनसमेत सार्वजनिक गरेको हो ।
सुजुकी एक्सेस १२५ मा स्पेशल एडिशनमा मेटालिक सोनिक बेज कलरमा निर्माण गरिएको छ भने, यसमा लेदर सिट दिइएकोे छ । यसको अलवा प्रिमियम लुक्समा निर्माण गरेको एक्सेस १२५ सीसी सेग्मेन्टको पपुलर स्कुटर हुने कम्पनीले दाबी गरेको छ ।
मूल्य
सिबिएस भर्सनमा निर्माण भएको यो स्कुटरको मुल्य भारतीय बजारमा ५८ हजार ९ सय ८० भारु रहेको छ । एक्सेस स्पेशल एडिशनको मुल्य भने ६० हजार ५ सय ८० भारु तोकिएको छ ।
इन्जिन
१२५ इन्जिन सेग्मेन्टमा सुजुकी एक्सेस फिचर्स, लुक्स, माइलेज तथा पावरफुल परफर्मेन्सको लागि चर्चित छ । यसले ८.७ पिएस पावरका साथै १०.२ एनएम टर्क उत्पादन गर्छ । कम्पनीले एक्सेस १२५ ले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने दाबी गरेको छ ।
नेपाली बजारमा सुजुकी मोटरसाईकलको बिक्रेता भिजी अटोमोवाइलले गरिरहेको छ ।

