ल्यान्डरोभरले आफ्नो यो चर्चित मोडल बन्द गर्दै

काठमाडौं । ल्यान्डरोभरले आफ्नो फस्ट जेनेरेशन थ्री–डोर रेन्जरोेभर इभाेक उत्पादन बन्द गर्ने भएको छ । 

कम्पनीका अनुसार थ्री–डोर इभाेकको बिक्री घट्दै गएको कारण यसको उत्पादन बन्द गर्न लागिएको हो ।

थ्री–डोर इभाेकको उत्पादन बन्द गर्दै कम्पनीले २०१९ मा ५–डोर इभाेक र कन्भरटिभल इभाेक उत्पादन थालेको छ । नेक्स्ट जेनेरेशन रेन्जरोभर इभाेक टेस्टिङको चरणमा रहेकोसमेत जानकारी प्राप्त भएको छ । यसको डिजाइन रेन्जरोभर वेलार बाट आर्कषित रहेको छ ।

कम्पनीले गत बर्ष उत्तर अमेरिकामा थ्री–डोरको बिक्रि बन्द गरेको थियो । अब नेक्स्ट जेनेरेशन रेन्ज रोवर इभाेकलाई प्राथमिकतामा राखेर उत्पादनको काम सुरु भएको छ । अक्टोबरमा हुने पेरिस अटो–शोमा उक्त कार सार्वजनिक गरिने छ । 

रेन्जरोवर इभाेक डि–८ प्लेटफर्ममा उत्कृष्ट हुने कम्पनीको दाबी छ साथै कुपे जस्तै छतका कारण धेरै स्पेससमेत रहने छ । आर्कषक एलइडी हेडल्याम्प, बोल्ट अन ग्रिल, अलोइह्वीलका साथै अन्य फिचर यसको आर्कषण हुने छन् । 

२.० लिटर ४ सिलिन्डर टर्वोचार्ज पेर्टोल/डिजल इन्जिन रहेको छ, यसले १५० बिएचपी देखि ३०० बिएचपी पावर जेनेरेट गर्न सक्नेछ । 

कम्पनीले २०२० सम्ममा यसको इलेक्ट्रीक भर्सनसमेत बनाउने भएको जनाएको छ ।  


Back_to_top