भोल्भोको जेनेभा अटो-शाेमा भाग नलिने घोषणा

भोल्भो कार्सले जेनेभामा हुने २०१९ को अटो सोमा भाग नलिने कम्पनिले बताएको छ । कम्पनिका अनुसार ग्राहकहरुलाई आफ्नो कार, टेक्नोलोजि आदिको प्रर्दशन पुराना शैलिमा नभइ नयाँ शैलिमा गर्ने जनाएको छ । कम्पनि अहिले एस ६० स्पोटस् सेडान लन्च गर्ने तयारीमा रहेको समेत जनाएकोकम्पनिले अमेरिकाको चाल्र्सटनमा अबस्थित आफ्नो म्यानुफ्याक्चर प्लाण्टको उद्धघाटन समारोहमा सो कार लन्च गर्ने भएको छ । 

कम्पनिका स्र्टाटिजि, ब्राण्ड तथा रिटेलका सिनियर भाइस प्रेसिडेन्ट जा्ेन एनवेलका अनुसार कम्पनिले आफ्ना नयाँ ग्राहक तथा दर्शकमाझ भिन्न तरीका मार्फत आफ्ना उत्पादनलाइ प्रस्तुत गर्ने वातावरण तयार पारिरहेको छ । 


Back_to_top