यस्तो छ सोनी र होण्डाको पहिलो कार ‘अफिला-१’

काठमाडौं । जापानी टेक्नोलोजी जायन्ट सोनी र अटोमोबाइल कम्पनी होण्डाले मिलेर बनाएको पहिलो कार अफिला-१ सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जलसमा चलिरहेको सीईएस-२०२५ मा अफिला कार लन्च भएको हो ।

दुई भेरियन्टमा लन्च भएको अफिला ईभी होण्डाको ‘० सिरिज प्लेटफर्म’मा बनेको हो । अल ह्वील ड्राइभ अप्सनमा समेत आउने अफिलामा ४८२ बीएचपी क्षमताको मोटर रहेको छ ।

अफिलामा ९१ किलोवाट आवरकोे लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्जमा ४८३ किलोमिटर चलाउन सकिनेछ । यसमा रहेको ब्याट्री प्याकले १५० किलोवाटसम्मको चार्जर सपोर्ट गर्छ । होण्डा र सोनीका अनुसार अफिला-१ ले टेस्लाको सुपर चार्जर प्रयोग गर्नेछ ।

अफिला कारको लम्बाइ ४९१५ एमएम, उचाइ १४६० एमएम छ । ३०१८ एमएम लामो ह्वीलबेस रहेको अफिलामा २१ इन्चको अलोय ह्वील दिएको छ । यो ईभीमा ४० वटा सेन्सर र क्यामरा भएको एड्भान्स ड्राइभर असिस्ट सिस्टम छ ।

अफिलामा सोनीले इलेक्ट्रीक कारको लागि विकास गरेको अत्याधुनिक टेक फिचर प्रयोग भएको छ । यसमा गाडीको सराउण्डिङ डाटा कलेक्ट गर्नका लागि क्यामरा, लिडार, राडार तथा अल्टासोनिक सेन्सर जस्ता टेक्नोलोजीको प्रयोग भएको छ ।

एआईमा आधारित अफिला पर्सनल असिस्टेन्ट सिस्टम भ्वाइस इनएबल कनेक्टेड टेक्नोलोजी फिचर भएको कार हो । यसमा सोनीको पर्सनलाइज साउण्ड सिस्टम दिइएको छ । अफिला-१ मा थ्रीडी मोसन मेनेजमेन्ट सिस्टम समेत रहेकोले फरक फरक रोड कण्डिसनमा समेत राइडिड कम्फर्ट पाउन सकिनेछ ।

सुरूवातमा अमेरिका र जापानमा बिक्री हुने अफिला-१ को मूल्य ८९ हजार ९०० अमेरिकी डलर तोकिएको छ । टप भेरियन्ट अफिला १ सिग्नेचरको मूल्य १ लाख २ हजार ९०० डलर तोकिएको छ ।


Back_to_top