एक रुपैयाँ डाउन पेमन्टमा होन्डा साइन किन्नले कति तिर्नु पर्छ मासिक किस्ता, यस्तो छ हिसाव

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले लकडाउनको बीचमा नै १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको थियो ।

यस अफरमा होन्डाको सिबी साइन किन्ने ग्राहकले मासिक किस्ता कति रकम तिर्नेगरि मोटरसाइकल किन्न सक्छन् भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।

हामीले तत्काल मोटरसाइकल नभएका मानिसले होन्डा सिबी साइन एसपी किन्न चाहँदा कति रकम तिर्नु पर्ने रहेछ भनेर हिसाव निकाल्ने प्रयास गरेका छौं । अहिले होन्डा सिबी साइन एसपीको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँ रहेको छ ।

एक रुपैयाँ डाउन पेमेन्टमा मोटरसाइकल किन्ने ग्राहकले सुरुमा नै बीमा वापतको रकम तिर्नु पर्ने हुन्छ । तीन वर्षको लागि कर्जा दिने भएकाले बीमा वापत लाग्ने वार्षिक ५ हजार ९३१ रुपैयाँका दरले एकमुष्ठ रकम १७ हजार ७९३ रुपैयाँ तिर्नु पर्ने हुन्छ भने तीन वर्षपछि नामसारी गर्न लाग्ने खर्च एक हजार रुपैयाँ अग्रिम तिर्नु पर्ने हुन्छ ।

यसरी हिसाव गर्दा शोरुममा मोटरसाइकल किन्न जाँदा ग्राहकले कम्तीमा १८ हजार ७९४ रुपैयाँ बोकेर जानु पर्ने हुन्छ । यसमा कर्जा प्रकृयागर्दा लाग्ने शुल्क भने जोडिएको छैन ।

मासिक किस्ता र व्याजदर

एक रुपैयाँ डाउन पेमेन्ट तिरेर होन्डा सिबी साइन एसपी किन्ने ग्राहकले १३ प्रतिशत वार्षिक व्याजदरका हिसावले तिर्नु पर्ने हुन्छ । तुलनात्मक रुपमा अन्य कम्पनीभन्दा होन्डाले ल्याएको वयाजदर केही सस्तो रहेको छ ।

यसरी मोटरसाइकलको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँमा एक रुपैयाँ मात्रै डाउन पेमेन्ट गर्दा २ लाख ३१ हजार ८९९ रुपैयाँ ऋण लिनु पर्ने हुन्छ । उक्त ऋणलाई ३६ किस्तामा विभाजन गर्दा लाग्ने मासिक किस्ताकाे लागि यहाँ क्लिक गुर्नुहाेस  ।

तपाईले यसरी मोटरसाइक किन्दा तीन वर्षमा ४९ हजार ३९० रुपैयाँ व्याज वापत भुक्तानी गर्नु पर्ने हुन्छ ।


Back_to_top